भ्रष्टाचार नियन्त्रणमा कडाइका साथ प्रस्तुत हुन राष्ट्रपतिको निर्देशन

0

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले भ्रष्टाचार नियन्त्रणमा कडाइका साथ प्रस्तुत हुन सम्बद्ध निकायलाई निर्देशन दिएकी छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३० औं स्थापना दिवसको अवसरमा बुधबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले समग्र पक्षमा हुन सक्ने अव्यवस्था र गैरकानुनी विचलनलाई समूलरुपमा अन्त्य गर्न सकेमात्र समष्टिमा भ्रष्टाचार न्यूनीकरण हुँदै जाने बताइन् ।

राष्ट्रपति भण्डारीले सार्वजनिक पद धारण गरेका हरेक व्यक्तिले सार्वजनिक श्रोतको दुरुपयोग नगर्ने र अरुलाई पनि गर्न नदिने प्रतिवद्धता व्यक्त गर्नुपर्ने बताइन् ।

त्यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले अख्तियार दुरुपयोग अनुसन्धान आयोग सरकारको लाचार छायाँ नभएको बताए । प्रधानमन्त्री ओलीले अख्तियारलाई निष्पक्ष र ढुक्क भएर काम गर्न आग्रह पनि गरे ।

यस्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोगका नवनियुक्त प्रमुख आयुक्त प्रेमकुमार राईले सरकारी, सार्वजनिक जमीन अतिक्रमण गर्ने जोकोहीलाई अनुसन्धान गरेर कारबाहीको दायरमा ल्याउने बताए ।

प्रमुख आयुक्त राईले औषधिलगायतमा भएका भ्रष्टाचार सम्बन्धी थुप्रै उजुरी आयोगमा दर्ता भएको र त्यसलाई प्राथमिकता दिएर घुसखोरी र विचौलियालाई निगरानी गर्न विशेष टोली खटाइने जानकारी दिए ।

Leave A Reply

Your email address will not be published.