प्रचण्ड-माधव समूहले काठमाडौंमा शक्ति प्रदर्शन गर्दै

0

काठमाडौं : संसद विघटनको विरोधमा आन्दोलनरत नेकपा प्रचण्ड-माधव समूहले आज काठमाडौंमा शक्ति प्रदर्शन गर्दैछ । विरोधसभा अघि पुल्चोक, माइतीघर मण्डला, केशरमहल, त्रिपुरेश्वर र जमलबाट जुलुस निस्किने छन् ।

शीर्ष नेताहरुले नेतृत्व गर्ने सबै स्थानको जलुस सुन्धारमा पुगेर मुल जुलुसमा परिणत हुनेछ । मुल जुलुशको नेतृत्व गर्न अध्यक्षद्वय पुष्पकमल दाहाल र माधव नेपाल सुन्धारा पुग्ने बताइएको छ ।

मुख्य जुलुश भृकुटीमण्डपमा पुगेर सभामा परिणत हुने र विरोधसभालाई अध्यक्ष दाहाल, माधव नेपालसहितका शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

विरोधसभामा सहभागी हुन विभिन्न जिल्लाबाट कार्यकर्ताहरु काठमाडौं आएका छन् । विरोधसभामा दुई लाख कार्यकर्तालाई उतार्ने दाबी सो समूहले गरेको छ ।

प्रतिनिधिसभा विघटनविरुद्ध तेस्रो चरणको आन्दोलन गरिरहेको प्रचण्ड-माधव समूहले आजको जनप्रदर्शन निर्णायक हुने दाबीसमेत गरेको छ । विरोधसभाको पूर्वसन्ध्यामा स्वयंसेवकहरुले काठमाडौंमा मार्चपास गरेका थिए ।

Leave A Reply

Your email address will not be published.