भारतको उत्तराखण्डमा हिमताल फुट्दा तीन नेपाली बेपत्ता

0

भारतको उत्तराखण्डको चमौली जिल्लामा हिमनदी फुट्दा तीन नेपाली समेत बेपत्ता भएका छन् ।

स्थानीय प्रशासनले बेपत्ताको सूचीमा तीन नेपालीको नाम समेत सार्वजनिक गरेको हो । हिमताल फुट्दा आएको बाढीमा दुई सयभन्दा बढी मानिस बेपत्ता भएका भारतीय सञ्चारमाधयमहरुले जनाएका छन् ।

बाढी गएको क्षेत्रमा धेरै नेपाली नागरिक मजदुरी गर्दै आएकाले बेपता हुने नेपालीको संख्या बढ्न सक्ने बताइएको छ ।

बेपत्ता हुने तीन नेपाली नागरिकमा कैलालीको टिकापुरका सोहन चौधरी, शंकर चौधरी र विष्णु मल्ल रहेका छन् । बेपत्ताको खोजी कार्य तिव्र पारिएको छ । अहिलेसम्म २० जनाको शव फेला परेको छ ।

जलविद्युत आयोजनाको सुरुङमा फसेका मजदूरहरुको उद्दार भइरहेको छ । त्यहाँ नेपाली मजदुर भए नभएकोबारे केही थाहा हुन सकेको छैन ।

Leave A Reply

Your email address will not be published.