उत्तराखण्डमा हिमनदी फुटेर बाढी : ८ जनाको शव फेला, बेपत्ताको खोजी जारी

0

एजेन्सी : भारतको उत्तराखण्डमा हिमनदी फुटेर गएको बाढीमा बेपत्ता भएकाहरुको खोजी तथा उद्धारकार्य जारी रहेको छ ।

उत्तराखण्डको जोशीमठमा अलकनन्दा हिमनदी फुटेर धौलीगंगा नदीमा मिसिँदा आएको बाढिमा परेर हालसम्म दश जनाको मृत्यु भएको छ । बाढीले बगाएर झण्डै १ सय २५ जना बेपत्ता भएका छन् ।

चमोली जिल्लाको हिमनदी फुटेर स्थानीय ऋषिगंगा जलविद्युत आयोजनाको बाँध बगाउँदा वरपरको बस्ती जोखिममा परेको छ । जलविद्युत आयोजनाको सुरुङमा काम गरिरहेका मजदुरहरु हिमनदी फुटेर आएको बाढीमा परेर बेपत्ता भएका हुन् ।

बाढीले तपोवन बाँधमा पनि ठूलो क्षति पुर्‍याएको छ । बाँध नजिकको सुरुङमा मानिसहरु फसेको आशंका रहेकाले उद्धार तथा खोजीको काम भइरहेको छ । सुरुङमा फसेका १६ जनाको जिवितै उद्धार गरिएको छ । हिमताल फुटेपछि नदीमा आएको बाढी विभिन्न गाउँमा पसी घरहरूमा क्षति गरेको छ ।

उत्तराखण्डका मुख्यमन्त्री त्रिवेन्द्र सिंह रावतले सुरक्षाकर्मीहरुले रातभर उद्दारको काम जारी राखेको जानकारी दिएका छन् । उद्दारमा भारतीय सेना पनि खटिएको छ ।

प्रधानमन्त्री नरेन्द्र मोदीले अवस्थामा आफ्नो निगरानी रहेको र पूरा देशको साथ उत्तराखण्डलाई रहेको बताएका छन् । भारतको पश्चिमी हिमालय क्षेत्रमा रहेको उत्तराखण्ड अचानक आउने बाढी र पहिरोको उच्च जोखिममा पर्छ ।

सन् २०१३ को जुन महिनामा ठूलो वर्षापछि आएको बाढीका कारण करिबछछ मानिसको मृत्यु भएको थियो ।

Leave A Reply

Your email address will not be published.