कानूनको पालना गर्न प्रचण्ड-माधव समूहलाई प्रधानमन्त्री ओलीको आग्रह

0

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गाडी लिएर जनताले कति दुःख पाए भनेर हेर्न हिँडेको बताएका छन् । 

बिहीबार अखिल नेपाल किसान महासंघको राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आमहड्ताल आह्वान गरेर प्रचण्ड-माधव समूहले जनतालाई दुःख दिएको र आफूहरु चाहिँ गाडी र मोटरसाइकलबाट जनताले पाएको दुःखको तमासा हेर्दै हिँडेको आरोप लगाएका हुन् ।

प्रधानमन्त्री ओलीले कानूनको पालना गर्न प्रचण्ड-माधव समूहलाई आग्रह गरे । उनले प्रचण्ड-माधव समूहप्रति लक्षित गर्दै कुरा नबुझेर सडकमा हल्लिरहेको टिप्पणी पनि गरे ।

प्रधानमन्त्री ओलीले तोकिएको समयमा नै निर्वाचन हुने र निर्वाचनमा आफ्नो पार्टीले स्पष्ट बहुमत ल्याउने दाबी गरे । उनले पार्टी नफुटेको र केही मान्छे पार्टी छाडेर हिँडेको भन्दै आगामी निर्वाचनमा आफ्नो पार्टीले स्पष्ट बहुमत ल्याउने बताए ।

प्रधानमन्त्री ओलीले अहिले प्रतिगमन नभई जागरण पैदा भएको धारणा राखे । उनले कम्युनिष्टको बर्को ओढेर कम्युनिष्ट आन्दोलनको बदनाम गरिएको आरोप समेत लगाए ।

त्यस्तै प्रधानमन्त्री ओलीले विगतमा पनि कम्युनिष्ट आन्दोलनलाई बदनाम गराइएको उल्लेख गर्दै आफुले सुधार्ने प्रयास गरेपनि सफल नभएको तर्क गरे ।

Leave A Reply

Your email address will not be published.