खानेपानीमन्त्री थापाले नख्खु जेलमा रहेका विप्लव समूहका नेता ओलीलाई भेटे

0

काठमाडौं : सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहसँग वार्ता प्रक्रिया अघि बढाएको छ । चन्द नेकपालाई हिंसात्मक गतिविधि छाडेर शान्तिपूर्ण राजनीतिमा आउन आग्रह गर्दै सरकारले वार्ता प्रक्रिया अघि बढाएको हो ।

सोही क्रममा सरकारको प्रतिनिधिको रुपमा खानेपानीमन्त्री मणी थापाले ललितपुरस्थित नख्खु जेलमा रहेका चन्द नेकपाका नेता हेमन्तप्रकाश ओलीसँग मंगलबार विहान भेटवार्ता गरेका छन् ।

आफुमाथि लागेको प्रतिबन्ध हटाउने सर्तमा चन्द नेकपा पनि सरकारसँग थप वार्ताका लागि तयार भएको बुझिएको छ । सरकारले भने चन्द नेकपावाट हिंसालाई परित्याग गर्ने औपचारिक प्रतिवद्धताको माग गरेको छ ।

मन्त्री थापा र नेता ओली सशस्त्र विद्रोहकालका देखिकै साथी हुन् । प्रधानमन्त्री ओलीले पछिल्लो समय मन्त्री थापालाई चन्द नेकपासँग अनौपचारिक वार्ता अघि बढाउन खटाएको स्रोतले बतायो । हिंसात्मक बाटोमा लागेको भन्दै सरकारले २८ फागुन २०७५ मा चन्द नेकपासमूहमाथि प्रतिबन्ध लगाएको थियो ।

प्रधानमन्त्री केपी ओलीले केही दिनअघि असन्तुष्ट समूहलाई वार्तामार्फत मुलधारमा ल्याउने घोषणा गरेका थिए । केही दिनअघि उनले पूर्व माओवादी विद्रोहीहरुलाई समेत पार्टीमा भित्र्याएका छन् ।

Leave A Reply

Your email address will not be published.