काठमाडौंका सडकमा सेनाका बख्तरबन्द गाडी

0

काठमाडौं : नेपाली सेनाले नियमित अभ्यास भन्दै सोमबार राति १० वटा बख्तरबन्द गाडीलाई चक्रपथ परिक्रमा गराएको छ ।

२०६१ माघ १९ मा तत्कालीन राजा ज्ञानेन्द्रले सत्ता हातमा लिएकै दिनको संयोगमा सेनाको सीतापाइलास्थित युद्धकवच गणले बख्तरबन्द गाडी चक्रपथमा निकालेको हो ।

नियमित अभ्यास योजनाअनुसार सेनाले बख्तरबन्द गाडीले चक्रपथको चक्कर लगाएको जनाएको छ । बख्तरबन्द गाडीमा चालक र एकजना सहयोगी सैनिक मात्रै रहेका थिए ।

नियमित अभ्यास भएकाले सर्वसाधारणलाई अनावश्यक त्रास नहोस् भनेर निर्देशनालयले आइतबार सार्वजनिक सूचना जारी गरेको थियो । सेनाले आवश्यकताअनुसार बेलाबखतमा यस्तो अभ्यास गर्दै आएको निर्देशनालयले जनाएको छ ।

त्यस्तै ८ वटै पृतना अन्तर्गतका मेकनाइज्ड युनिटहरूबाट माघ २१ गते देशका विभिन्न स्थानहरुमा बख्तरबन्द गाडीहरुको अभ्यास गर्ने योजना रहेको पनि सैनिक जनसम्पर्क निर्देशनलायले जनाएको छ ।

बख्तरबन्द गाडीहरू सातामा दुईपटक सीतापाइलाबाट चोभारसम्म नियमित रूपमा अभ्यासका क्रममा यसअघि पनि जाने–आउने गरिरहेको सेनाले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.