देश र जनतालाई केन्द्रबिन्दुमा राख्न नसक्दा दुई तिहाईको सरकार चल्न सकेन , प्रकाशरण महत

0

देश र जनतालाई केन्द्रबिन्दुमा राखेर नेपालको राजनिती अगाडि बढ्न नसक्दा नेपाल अस्थिरताको सिकार भैरहेको नेपाली काङ्रेसका सहमहामन्त्री प्रकाश शरण महतले बताउनु भएको छ । नेपाली जन संपर्क समिती साइप्रसले आयोजना गरेको ”बिपीको समाजबाद र संबिधानमा समाबेशिता ” शिर्षकमा आयोजना गरेको अन्तर्कृया एबम प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै महतले जनसंख्याको दुई प्रतिशतमात्र साक्षरता भएको २००७ को नेपाली समाजमा बिपी कोइरालाले नेपाली मोडेलको समाजबादको कल्पना गर्नु भएको र आज समाजको अवस्था फरक भएकोले सोही अनुसार परिमार्जित समाजबादको अबधारणा अनुसार नेपाली काङ्रेसले निती तथा कार्यक्रम तयार गर्ने बताउनु भयो ।

उहाले संघियता , लोकतन्त्र जस्ता बिषयहरु र नेपाली जनताको भाबनालाई कम्युनिस्टहरुले सत्ता प्राप्त गर्ने साधन मात्र बनाएकोले अहिलेको अवस्था आएको र यसको अन्त्य गरेर संबिधानको रक्षा र लोकतान्त्रिक ब्यबस्थाको सुद्रिढिकरणमा काङ्रेसले काम गरी रहेको जानकारी गराउनु भयो ।

अर्का बक्ता नेपाली काङ्रेस केद्रीय सदस्य एबम नेबिसंघका पूर्व सभापति गुरुराज घिमेरेले
काङ्रेस जेलमा , राजा दरबारमा र कम्युनिस्टहरुलाई पञ्चायतले प्रयोग गरी देशलाई कमजोर बनाएर बिदेशीहरुको क्रिडास्थल बनाउने षड्यन्त्र बुझेर बिपी कोइरालाले राष्ट्रिय मेलमिलापको नीति लिएर देश फर्कनु भएको हो भन्दै आधुनिक समाज , प्रबिधिको बिकास र मानिसहरुको सोचमा आएको परिवर्तन अनुसार समाजबादको आधुनिक भर्सन आबस्यक रहेको बताउनु भयो ।

आजको व्यबहार भोलीको सँस्क्रिति हुने हुँदा प्रधानमन्त्री केपी ओलीले अलोकतान्त्रिक र अधिनायकबादी सोचले गरेको सन्सद बिघटनलाई सच्याएर अगाडि बढ्नुको बिकल्प नरहेको पनि उहाको भनाइ थियो ।


नेपाली काङ्रेसका केद्रिय सदस्य एबम पूर्व मन्त्री रमेश लेखकले लोकतन्त्र र समाजबाद दिनचर्यामा लागु गर्नु पर्ने र त्यसको पहिलो सर्त जनताका आधारभुत आबस्यकताको पुरा गर्नु हो, भन्नु भयो ।

नेपालको सुन्दर पहिचान रहेको जाती र क्षेत्रको बिबिधतालाई राज्यको मुल प्रबाहमा ल्याउन काङ्रेशले २००७ सालमा कल्पना गरेको संघियता अहिलेको ब्यबस्थाको मुल मर्म भएको र लोकतान्त्रिक ब्यबस्थाले मात्र दिगो शान्ती , सुशासन , बिकास र सम्ब्रिद्धी को सपना पुरा गर्न सकिने भएकोले प्रधानमान्त्री केपी ओलीको प्रतिगमनकारी कदमको नेपाली कङ्रेसले बिरोध गरेको छ भन्नु भयो । सहकारिता सहमति र सहकार्य संघियताका गहना भएकोले त्यसको जहाँबाट उल्लघन भए पनि आवाज उठाउन आग्रह गर्नु भयो ।

नेपाली काङ्रेस आमन्त्रित केन्द्रीय सदस्य एबम जन संपर्क समिती अमेरिकाका सभापति आनन्द बिष्टले प्रबासमा रहेका नेपालीहरुको आवाज खुल्ला लोकतान्त्रिक ब्यबस्थामा मात्र् सुनुवाई हुने हुँदा प्र्बासमा नेपाली समुदायको एकता र देशमा लोकतान्त्रिक बिधी र पद्धतीको कार्यन्वयनमा दबाब दिन भूमिका खेल्न आग्रह गर्नु भयो ।

गैर आबासीय नेपाली संघका सल्लाहकार कुल आचार्य , संघका युरोप सन्योजक नारायण आचार्य, नेपाली काङ्रेश जन संपर्क समन्वय बिभागका सदस्य एबम नेपाली काङ्रेशका नेता दिल गुरुङ, नेपाली काङ्रेस प्रशिक्षण प्रतिष्ठानका युरोप सन्योजक गंगाधर गौतम , नेपाली काङ्रेस सुचना तथा संचार बिभाग सदस्य बिमल सुबेदी , नेपाली जन संपर्क समिति डेनमार्कका सभापति बिरेन्द्र शिंह कार्की, क्यानडाका सभापति बुद्दी प्रकाश ओली, बेलायतकी उपसभापती कोपिला सुब्बा , बिबेक नेपाल लगायतले देशको बर्तमान अबस्था र प्रबासमा रहेका नेपालीहरुको नेपाल सँगको सम्बन्ध साथै नेपाली कङ्रेसको भूमिकाका बिषयमा आफ्नो धारणा राखेका थिए ।

नेपाली जन संपर्क समिति साइप्रसकी उपसभापती पुष्पा मिश्रले अतीथिहरुलाई स्वागत गर्नु भएको थियो । संस्थाकी सभापति सीता अर्यालको सभापतित्वमा भएको कार्यक्रमको सन्चालन महामन्त्री कुमार सिंहले गर्नु भएको थियो ।

Leave A Reply

Your email address will not be published.