प्रधानमन्त्री ओली आज चितवन जाँदै

0

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली आज चितवन जाँदैछन् । नेकपाको ओली समूहले चितवनमा आयोजना गरेको जनसभालाई सम्बोधन गर्न नेकपा अध्यक्षसमेत रहेका ओली चितवन जान लागेका हुन् ।

केन्द्रीय बस टर्मिनल भरतपुरमा चितवन जिल्ला कमिटीको आयोजनामा हुने सभालाई ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

सभालाई प्रधानमन्त्रीसहित उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापालगायतले पनि सम्बोधन गर्ने कार्यक्रम रहेको छ । सभाअघि भरतपुरका विभिन्न स्थानवाट र्‍याली निकाल्ने तयारी छ ।

सभालाई सम्बोधन गर्नुअघि प्रधानमन्त्री ओलीले भरतपुरमा बन्न लागेको पुल्चोक–गोन्द्राङ ६ लेन सडक विस्तारको शुभारम्भ गर्ने कार्यक्रम पनि रहेको छ । पार्टी विभाजनपछि ओली यसअघि सुदुरपश्चिम र लुम्बिनीमा आयोजित जनसभामा पनि सहभागी भएका थिए ।

Leave A Reply

Your email address will not be published.