बाटो बिराएको देश निबन्ध सङ्ग्रह लोकार्पण

0

काठमाडौँ, २१ साउन । वरिष्ठ साहित्यकार पूर्ण ओलीद्वारा लिखित ‘बाटो बिराएको देश’ नामक निबन्ध सङ्ग्रहको हिजो यहाँ लोकार्पण गरियो । निबन्ध सङ्ग्रहमा कर्तव्य र जिम्मेवारी बोधजस्ता १२७ वटा रचना रहेका छन् ।
निबन्ध सङ्ग्रहको लोकार्पण गर्दै वरिष्ठ साहित्यकार कमलमणि दीक्षितले साहित्यकारले देश र जनतालाई राम्रो मार्गदर्शन दिनुपर्ने भएकाले आफूहरुले सिर्जना गर्ने रचना जनताको दुःख र कष्ट उजागर हुने खालको हुनुपर्नेमा जोड दिनुभयो । नेपाल प्रज्ञा–प्रतिष्ठानका उपकुलपति विष्णुविभु घिमिरेले देशको कला, संस्कृति र समानताको पक्ष सिर्जना हुने लेख र रचना मात्र सफल हुने धारणा व्यक्त गर्नुभयो ।

Leave A Reply

Your email address will not be published.