काँग्रेसको क्रियाशील सदस्य छ लाख पुग्ने

0

काठमाडौं, २० साउन । नेपाली काँग्रेसको क्रियाशील सदस्यता छानबिन अन्तिम चरणमा पुगेको छ । तेह्रौँ महाधिवेशनको तयारीका लागि देशभर क्रियाशील सदस्यता वितरण गरिएकामा केही जिल्लामा विवाद भएपछि सदस्यता छानबिन गर्न पार्टीले केन्द्रीय सदस्य नरहरि आचार्यको संयोजकत्वमा रमेश लेखक र रामकृष्ण यादव सदस्य रहनुभएको केन्द्रीय क्रियाशील सदस्यता छानबिन समिति गठन गरेको थियो ।
समितिले सदस्यता सम्बन्धमा देखिएका विवादबारे विभिन्न चरणमा छलफल गरी त्यसलाई अन्तिम निष्कर्षमा पु-याउन लागिएको छानबिन समितिका सदस्य रामकृष्ण यादवले जानकारी गराउनुभयो ।
“छानबिनको क्रम अन्तिम चरणमा छ । दुई-चार दिनमै यसको टुङ्गो लाग्छ । यस पटक क्रियाशील सदस्यको सङ्ख्या लगभग पाँच लाख ५० हजार पुग्न सक्छ”–उहाँले भन्नुभयो ।
पछिल्लो समयसम्म पनि सिराहा, सप्तरी, पर्सा, रौतहटलगायत जिल्लामा क्रियाशील सदस्यताको विवाद कायम रहेको थियो । पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव ऋषिकेश तिवारीका अनुसार बाह्रौँ महाधिवेशनमा काँग्रेसको क्रियाशील सदस्यको सङ्ख्या तीन लाख १७ हजार रहेको थियो ।
“पुराना क्रियाशील सदस्यमध्ये दुई लाख ५० हजार सदस्यको नवीकरणका लागि आवेदन परेको थियो । यस महाधिवेशनमा क्रियाशील सदस्यको सङ्ख्या करिब छ लाख पु-याउने पार्टीको लक्ष्य हो”–उहाँले भन्नुभयो ।

Leave A Reply

Your email address will not be published.