अवहेलना मुद्दा : प्रधानमन्त्रीलाई आफैँ उपस्थित भएर जवाफ दिन सर्वोच्चको आदेश

0

काठमाडौं : सर्वोच्च अदालतले अवहेलना सम्बन्धी मुद्दामा प्रधानमन्त्री केपी शर्मा ओलीलाई सात दिनभित्र अदालतमा उपस्थित भएर जवाफ दिन आदेश दिएको छ ।

त्यस्तै अदालतले चारजना पूर्व प्रधानन्यायाधीश मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ण, सुशीला कार्की र पूर्व सभामुख दमनाथ ढुंगानालाई सात दिनभित्र आफैं अदालतमा उपस्थित भएर जवाफ पेश गर्न आदेश दिएको छ ।

न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले अवेहलना सम्बन्धी चारवटा निवेदनमाथि सुनुवाईपछि यस्तो आदेश दिएको हो । आदेशमा बाटोको म्यादबाहेक सात दिनभित्र आफैं आएर लिखित जवाफ दिनुपर्ने उल्लेख गरिएको छ ।

प्रधानमन्त्री ओलीविरुद्ध माघ ११ गते वरिष्ठ अधिवक्ता कुमार शर्मा आचार्यले प्रधानमन्त्री विरुद्ध अपहेलनाको मुद्दा पेश गरेका थिए । त्यस्तै, अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले पनि प्रधानमन्त्रीले विचाराधीन मुद्दामा टिप्पणी गरेको र अधिवक्ताहरूलाई अशिष्ट र अमर्यादित भाषा प्रयोग गरेको भन्दै अपहेलनाको मुद्दा पेश गरेका थिए ।

चार पूर्वप्रधानन्यायाधीशको २१ दिनअघिको वक्तव्यलाई लिएर अदालतको अवहेलना मुद्दा दर्ता भएको थियो । अधिवक्ताहरू धनजित बस्नेत र लोचन भट्टराईका दुई छुट्टाछुट्टै निवेदन दर्ता गरको थिए ।

रिटमा चार पूर्वप्रधानन्यायाधीशले वक्तव्य जारी गरेर सर्वोच्च अदालतले गर्ने निर्णय र फैसलाहरू आफ्नो निहित स्वार्थ अनुकूल हुनुपर्ने दृष्टिकोण अघि सारेको आरोप लगाइएको छ ।

Leave A Reply

Your email address will not be published.