वामदेवद्वारा पार्टी एकता राष्ट्रिय अभियानको घोषणा

0

काठमाडौं : नेकपा उपाध्यक्ष वामदेव गौतमको नेतृत्वमा ‘पार्टी एकता राष्ट्रिय अभियान’ औपचारिक रुपमा सुरु भएको छ । अभियान घोषणा सँगै गौतमले अवधारणापत्र पनि सार्वजनिक गरेका छन् ।

अवधारणापत्रमा पार्टी एकता राष्ट्रिय अभियान संचालनका लागि केन्द्रमा एक अधिकार सम्पन्न समन्वय समिति रहने जनाइएको छ । साथै दैनिक कामका लागि आवश्यक सचिवालय समेत निर्माण हुने अवधारणापत्रमा जनाइएको छ ।

प्रत्येक प्रदेशमा पनि समन्वय समिति बनाउने र प्रदेश अन्तर्गत रहेका केन्द्रीय सदस्यहरु र जिल्ला समितिका संयोजकहरु पदेन सदस्यका रुपमा रहने अवधारणा पत्रमा जनाइएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेसँगै नेकपा दुइ समूहमा विभाजित भएको छ । विभाजित नेकपालाई एक बनाउन एकता राष्ट्रिय अभियान घोषणा गरेको गौतमको दाबी छ ।

अभियानलाई सफल बनाउन गौतम संयोजक रहेको केन्द्रीय अभियान समिति पनि गठन गरिएको छ । ६ सय ५१ सदस्यीय समितिमा नेकपाका केन्द्रीय सदस्य हरि पराजुली, गौतम पत्नी तुलसा थापा, त्रिभुवन विश्व विद्यालयका पुर्व उपकुलपति हिरालाल महर्जन, कीर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जन, पूर्व सांसद माया ज्ञवाली लगायत छन् ।

त्यस्तै केही समय अगाडि वामदेवको नाम लिएर प्रहरीमा जागिर लगाइदिन्छु भन्दै घुस लिएर पक्राउ परेका डीबी कार्की पनि समितिमा अटाएका छन् ।

Leave A Reply

Your email address will not be published.