कोरोनाविरुद्धको खोप ३ महिनाभित्र सबै नेपालीले पाउँछन् : प्रधानमन्त्री ओली

0

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाविरुद्धको खोप ३ महिनाभित्र सबै नेपालीले पाउने बताएका छन् । बालुवाटारमा आयोजित कोभिड–१९ विरुद्धको खोप अभियान शुभारम्भ कार्यक्रममा प्रधानमन्त्री ओलीले तीन महिना भित्र सबै नेपालीलाई खोप निःशुल्क उपलब्ध गराउने बताए ।

प्रधानमान्त्री ओलीले कोरोनाविरुद्धको खोप लगाउन शुरु गरिए पनि सावधानी भने अपनाइरहनुपर्ने सल्लाह दिए । उनले खोपको मात्रै भर परेर अन्य कुरामा लापरवाही गर्न नहुने बताए ।

प्रधानमन्त्री ओलीले कोरोनाविरुद्धको लडाइँ नयाँ चरणमा प्रवेश गरेको बताए । प्रधानमन्त्री ओलीले सुरुवाती समयभन्दा खोपपछि कोरोनाविरुद्धको लडाइँमाथि उठाएको बताए । उनले कोरोना महामारीमा खटिएका सबैको प्रशंसासमेत गरे ।

प्रधानमन्त्री ओलीले आफूले खतरा मोल्न तयार भएर अरुलाई बचाउन क्रियाशिल रहने अग्रपंक्तीमा रहेका व्यक्तिहरुको पनि प्रशंसा गरे ।

गएको १ वर्ष अत्यन्तै कठिन अवस्थाबाट गुज्रिएको भन्दै उनले छोटो तयारीमै नेपालले खोप ल्याउन सफल भएको बताए । उनले खोप उपलब्ध गराएकोमा भारतका प्रधानन्त्री नरेन्द्र मोदीलाई धन्यवाद पनि दिए ।

Leave A Reply

Your email address will not be published.