सोमलाल सुवेदी मुख्य सचिव

0

काठमाडौं, २० साउन । सरकारले संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सचिव सोमलाल सुवेदीलाई मुख्य सचिवमा नियुक्त गरेको छ । मन्त्रिपरिषदको आज बिहान बसेको बैठकले सुवेदीलाई मुख्य सचिवमा नियुक्त गरेको सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री मिनेन्द्र रिजालले जानकारी दिनुभयो । बत्तिस वर्षअघि खरिदारबाट सरकारी सेवामा प्रवेश गरेका सुवेदी खुला प्रतिष्पर्धाबाट उपसचिव र सहसचिव हुनुभएको थियो । सुवेदी कांग्रेसको रोजाईमा मुख्य सचिव हुनुहुन्थ्यो । सचिवहरुमध्येको वरियताक्रममा एक नम्वरमा रहेका श्रीधर गौतमको कार्यकाल एक वर्ष पनि बाँकि नरहेकाले प्रधानमन्त्रीले सुवेदीलाई रोजेको स्रोतले बताएको छ । वरियताक्रममा तीन नम्बरमा रहेका उद्योग सचिव जयमुकुन्द खनाललार्ई एमालेले आफ्नो उम्मेदवार बनाएको थियो । हालका मुख्य सचिव लीलामणि पौड्याल यही साउन २२ गतेदेखि अवकास लिन लानेकाले त्यही मितिदेखि लागू हुने गरी सुवेदीलाई नियुक्त गरिएको मन्त्री मीनेन्द्र रिजालले जानकारी दिनुभयो ।

Leave A Reply

Your email address will not be published.