नेपालमा थप ३१८ जनामा कोरोना संक्रमण

0

काठमाडौं : नेपालमा थप तीन सय १८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ५ हजार १२ जनाको पीसीआर नमूना परीक्षण गर्दा ३ सय १८ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २ लाख ६८ हजार ३ सय १० पुगेको छ ।

काठमाडौं उपत्यकामा १ सय ४५ जना संक्रमित थपिएका छन । काठमाडौंमा १ सय १६, भक्तपुरमा ३ र ललितपुरमा २६ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै, प्रदेश एकमा १७, बागमती प्रदेशमा २ सय ४९ र गण्डकी प्रदेशमा ४१ संक्रमित थपिएका छन् । लुम्बिनी प्रदेशमा ३३, कर्णालीमा एक र सुदुरपश्चिममा थप सात जनामा संक्रमण पुष्टि भएको छ ।

अहिले देशभर सक्रिय संक्रमितको संख्या तीन हजार ६ सय ९३ रहेको छ । तिमध्ये २ हजार ८ सय ६४ जना संस्थागत आइसोलेसनमा रहेका छन् । होम आइसोलेसनमा रहनेको संख्या आठ सय २९ रहेको छ । आईसीयुमा १ सय ६५ र भेन्टिलेटरमा ३३ जनाको उपचार भैरहेको छ ।

पछिल्लो चौबीस घण्टामा ३ सय ८३ जना संक्रमित निको भएका छन् । हालसम्म कोरोना मुक्त हुनेको संख्या दुई लाख ६२ हजार ६ सय ४२ रहेको छ । अहिलेसम्म निको हुनेको दर ९७ दशमलव नौ प्रतिशत रहेको छ ।

हालसम्म कोरोना पहिचानका लागि २० लाख २६ हजार ७ सय २६ वटा नमुना पीसीआर विधिबाट परीक्षण गरिएको छ । हाल देशभर एक सय ७२ जना क्वारेन्टिनमा रहेका छन् ।

कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ । योसँगै कोरोनका कारण मृत्यु हुनेको संख्या एक हजार नौ सय ७५ पुगेको छ ।

Leave A Reply

Your email address will not be published.