भारतले नेपाललाई कोरोनाविरुद्धको १० लाख डोज खोप उपलब्ध गराउने

0

काठमाडौं : भारतले पहिलो चरणमा नेपाललाई कोरोना भाइरसविरुद्धको १० लाख डोज खोप अनुदानमा उपलब्ध गराउने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठी र नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले मन्त्रालयमा संयुक्त पत्रकार सम्मेलन गरी उक्त जानकारी दिएका हुन् । खोपको पहिलो खेप बिहीबार नै काठमाडौं आइपुग्ने स्वास्थ्य मन्त्री त्रिपाठीले जानकारी दिए ।

भारतले कोभिसिल्ड नामक खोप नेपाललाई अनुदानमा उपलब्ध गराउन लागेको हो । मन्त्री त्रिपाठाीका अनुसार पहिलो चरणमा कोरोनाविरुद्ध अग्रपंक्तिमा खटिनेलाई खोप लगाउन शुरु गरिनेछ । खोप सहयोग गरेकोमा मन्त्री त्रिपाठीले भारतलाई धन्यवाद पनि दिए ।

सोमबार बसेको भारतको स्वास्थ्य मन्त्रालय, विदेश मन्त्रालय, वाणिज्य मन्त्रालय र औषधि विभागको संयुक्त बैठकले नेपाललगायत भारतका अत्यन्त नजिकका छिमेकी मुलुकमा सीमित संख्यामा कोरोना खोपको डोज पठाउने निर्णय गरेको थियो ।

Leave A Reply

Your email address will not be published.