आफुले अपेक्षा भन्दा धेरै काम गरेको ट्रम्पको दावी

0

एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूले वाचा अनुसार वा त्यो भन्दा बढि काम गरेको बताएका छन् । कार्यकाल छाडनुअघि ह्वाइटहाउसबाट गरेको विदाइ सम्बोधनमा उनले आफुले अपेक्षा भन्दा धेरै काम गरेको दावी गरेका हुन् ।

ट्रम्पले केहीदिन अघि नै रेकर्ड गरेको भिडियो सम्बोधन मंगलबार सार्वजनिक गरिएको हो । ट्रम्पले २० मिनेट लामो भिडिओ सम्बोधनमा आफ्नो प्रशासनको बचाउ गरेका छन् ।

आफ्नो प्रशासनले विश्वकै इतिहासमा बलियो अर्थतन्त्र निर्माण गर्न सफल भएको दाबी गरेका छन् । आफ्ना एजेण्डाहरु वामपन्थ वा दक्षिण पन्थ, रिपब्लिकन वा डेमोक्र्याटका लागि नभएर देशका लागि भएको उनको दावी छ ।

नयाँ प्रशासनले अमेरिकालाई सुरक्षित र सम्पन्न तुल्याइ राख्न सफल होस भन्ने कामना ट्रम्पले गरेका छन । सम्बोधनमा ट्रम्पले आफूपछि सत्ता सम्हाल्न आउँदै गरेको जो बाइडेनको नाम लिएका छैनन् ।

ट्रम्पले नोभेम्बर ३ मा भएको चुनावको नतिजा अझै पनि पूर्णरुपमा स्वीकार गरेका छैनन् । सो चुनावमा उनी जो बाइडेनसँग पराजित भएका थिए ।

Leave A Reply

Your email address will not be published.