मधेसवादी दलहरु बैद्य माओवादीलाई पच्छाउँदै

0

काठमाडौं, १९ साउन । एमाओवादीसँग लामो समयदेखि सहकार्य गर्दै आएका मधेसवादी दलहरु प्रमुख चार राजनीतिक दलबीच भएको १६ बुँदे सहमतिका आधारमा संविधानको मस्यौदा तयार पारिएपछि नयाँ मोर्चाबन्दीमा अग्रसर भएका छन् । १६ बुँदे सहमतिकै कारण माओवादीसँग टाढिएका मधेसवादी दलहरु मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीसँग नजिक हुन थालेका छन् । संघीयतामा एमाओवादीले धोका दिएको भन्दै आएका मधेसवादी दलहरु संविधानसभा विघटन गर्नुपर्ने माग राख्दै आएको नेकपा–माओवादीसँग कार्यगत एकताको तयारीमा छन् ।
सद्भावना पार्टीसहित चार मधेसवादी दल सम्मिलित संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले मंगलबार नेकपा–माओवादीसँग कार्यगत एकताका लागि छलफल गर्दैछ । छलफलपछि संविधानसभामा प्रस्तुत संविधानको मस्यौदा खारेजीको एकसूत्रीय मागसहित कार्यगत एकताको ढाँचा तयार पारिने स्रोतले जनाएको छ । यस अतिरिक्त जनजाति समूहले पनि एमाओवादीलाई भन्दा नेकपा–माओवादीलाई यतिबेला बढि महत्व दिन थालेका छन् ।

Leave A Reply

Your email address will not be published.