प्रधानमन्त्री ओलीले असंवैधानिक कदम सच्याउनुको विकल्प छैन : नेता सिंह

0

काठमाडौं : नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटनविरुद्ध आज देशभर प्रदर्शन गरेको छ । देशभरका ३३० प्रदेश तहमा विरोधसभा गरेको कांग्रेसले काठमाडौं उपत्यकाका पाँच स्थानमा र्‍याली तथा सभा गरेको छ ।

चाबहिल, बानेश्वर भृकुटिमण्डप लगायतका स्थानमा कांग्रेसले र्‍याली तथा सभा गरेको हो । बानेश्वरमा आयोजित सभालाई सम्बोधन गर्दै कांग्रेस नेता प्रकाशमान सिंहले प्रधानमन्त्री केपी ओलीले असंवैधानिक कदम सच्याउनुको विकल्प नभएको बताए ।

विश्वासको मत लिन नसकेर संसद् विघटन गर्ने प्रधानमन्त्री ओलीले जनताको मत लिन निर्वाचन गर्छन् भनेर पत्याउन नसकिने उनको भनाइ छ ।

प्रधानमन्त्रीले असंवैधानिक र अलोकतान्त्रिक रुपमा प्रतिनिधि सभा विघटन गरेको भन्दै कांग्रेसले दोस्रो चरणको आन्दोलन थालेको हो ।

कांग्रेस केन्द्रीय समितिको निर्णय अनुसार कांग्रेसले सडक आन्दोलनको घोषणा गरेको हो । यसअघि कांग्रेसले पुस १३ गते विघटनविरुद्ध देशभरका १ सय ६५ वटा निर्वाचन क्षेत्रमा प्रदर्शन गरेको थियो ।

Leave A Reply

Your email address will not be published.