प्रचण्ड आज स्वदेश फर्कँदै

0

काठमाडौं : नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज भारतबाट स्वदेश फर्कँदै छन् । पत्नी सीताको उपचारका लागि सोमबार मुम्बई गएका दाहाल काठमाडौं आउन लागेका हुन् ।

पत्नीको उपचार प्रक्रिया अघि बढेकाले छोरीहरुलाई छोडेर उनी फर्कन लागेका हुन् । उपचारका क्रममा केही जटिलता भए मात्रै दाहाल पुनः भारत जाने बताइएको छ ।

सीताको मुम्बईस्थित न्यूरोजेन ब्रेन एण्ड स्पाइन इन्ष्टििच्यूटमा उपचार भैरहेको छ । उनको न्यूरोसर्जन डाक्टर आलोक शर्माको टोलीले उपचार गरिरहेको छ । सीता लामो समयदेखि पार्किन्सन जस्तो देखिने एक जटिल प्रकारको रोगबाट पीडित छन् ।

Leave A Reply

Your email address will not be published.