नेपालमा थपिए ५१२ कोरोना संक्रमित, थप ८ जनाको मृत्यु

0

काठमाडौं : नेपालमा थप ५ सय १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो चौबीस घण्टामा चार हजार पाँच सय ५१ नमूना पीसीआर विधिबाट परीक्षण गर्दा ३ सय ३८ जना पुरुष र १ सय ८४ जना महिलामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २ लाख ६२ हजार ७ सय ८४ पुगेको छ ।

काठमाडौं उपत्यकामा २ सय ३२ जना संक्रमित थपिएका छन । काठमाडौंमा १ सय ७१, भक्तपुरमा ८ र ललितपुरमा ५३ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै, प्रदेश एकमा ३०, प्रदेश दुईमा ५, बागमती प्रदेशमा २ सय ८१ र गण्डकी प्रदेशमा ८९ संक्रमित थपिएका छन् । लुम्बिनी प्रदेशमा ७२, कर्णालीमा एक र सुदूरपश्चिम प्रदेशमा थप ४४ जनामा संक्रमण पुष्टि भएको छ ।

अहिले देशभर सक्रिय संक्रमितको संख्या ५ हजार २ सय २५ रहेको छ । तिमध्ये ३ हजार ५ सय ११ जना संस्थागत आइसोलेसनमा रहेका छन् । होम आइसोलेसनमा रहनेको संख्या १ हजार ७ सय १४ रहेको छ । आईसीयुमा २ सय तीन जना र भेन्टिलेटरमा ४४ जनाको उपचार भैरहेको छ ।

पछिल्लो चौबीस घण्टामा ५ सय ८७ जना संक्रमित निको भएका छन् । हालसम्म कोरोना मुक्त हुनेको संख्या दुई लाख ५५ हजार ६ सय ६६ रहेको छ । अहिलेसम्म निको हुनेको दर ९७ दशमलव ३ प्रतिशत रहेको छ ।

पछिल्लो चौबीस घण्टामा संक्रमणबाट आठ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रममणबाट मृत्यु हुनेको संख्या एक हजार ८ सय ९३ पुगेको छ । हालसम्म १९ लाख ५७ हजार ४ सय ५४ वटा पीसीआर परीक्षण भएको छ । हाल देशभर तीन सय ४२ जना क्वारेन्टिनमा रहेका छन् ।

Leave A Reply

Your email address will not be published.