चारदिशा ।
गैर आवासीय नेपाली संघ ईटालीको आगामी कार्य समिति निर्माण सर्वसहमतिको आधारमा गर्ने प्रयासको प्रारम्भ गरिएको छ। आज इटालीको पिसामा एनआरएन यूरोप संयोजक अर्जुन कुमार श्रेष्ठको विशेष उपस्थितिमा वसेको कार्यसमितिको वैठकले सवैलाई समेट्ने र सर्वसहमतिको आधारमा नै कार्यसमिति निर्माण गर्न विभिन्न विकल्पहरुको वारेमा छलफल गरेको हो।
आज भएको छलफलमा अध्यक्ष पदमा प्रत्याशीहरुलाई अध्यक्ष वाहेकका अन्य विभिन्न जिम्मेवारीमा रहेर समेट्ने विषयमा छलफल भएको छलफलमा सहभागि भएका एक सदस्यले चारदिशालाई जानकारी दिए। अध्यक्षमा उमेदवारी दावा गरेका उमेदवारहरु कसैले पनि आफ्नो विकल्प अन्य नभएको दावा गरिरहेको अवस्थामा वर्तमान अध्यक्ष सन्जयदेव श्रेष्ठलाई पुन अध्यक्षमा कायम राख्ने र अध्यक्षका प्रत्याशीहरुलाई अन्य महत्वपूर्ण पदहरुमा जिम्मेवारी दिने विषयमा छलफल भएको वुझिएको छ।
समझदारीको लागि अगस्त ५ सम्मको मिति तोकिएको छ । उक्त समयसम्म पनि सहमति नभएको खण्डमा निर्वाचन प्रकृया पुन शुरुवात गर्ने विषयमा सहमति भएको भएको छ। आइतवारको कार्यसमितिको वैठकमा उमेदवारका प्रत्याशी क्षेत्रकुमार श्रेष्ठ र दिपेश रेग्मी सहभागि भएका थिए।
यसैविच उमेदवारका अर्का प्रत्याशी उर्मिला थोकर भने वैठकमा अनुपस्थित रहेकि थिइन्। आइतवारको छलफलको वारेमा आफूलाई थाहा नभएको भन्दै उनले मितेरी मन्चको साथिहरुसँग वैठक गरेर अगाडि वढ्ने प्रतिकृया दिइन्।
यसअघि २ अक्टुवरका दिन तोकिएको कार्यसमितिको वैठक प्राविधिक कारण देखाउँदै निर्वाचन आयोगले अनिश्चित कालको लागि भन्दै स्थगित गरेको थियो।