नेपालमा थपिए ५३४ कोरोना संक्रमित

0

काठमाडौं : नेपालमा कोरोना भाइरसका ५ सय ३४ जना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा ६ हजार पीसीआर नमूना परीक्षण गर्दा ३ सय ३८ पुरुष र १ सय ९६ जना महिला संक्रमित थपिएका हुन् । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २ लाख ६० हजार ५ सय ९३ पुगेको छ ।

काठमाडौं उपत्यकामा थप २ सय ४७ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेमा १ सय ४४ पुरुष र १ सय ३ महिला रहेका छन् । त्यस्तै प्रदेश एकमा २४, प्रदेश २ मा दुई, काठमाडौंमा ३ सय ५५ र गण्डकीमा ६५ जना संक्रमित थपिएका छन ।

त्यस्तै लुम्बिनीमा ६१ र सुदुरपश्चिममा चार जनामा संक्रमण देखिएको छ । अहिले देशभर सक्रिय संक्रमितको संख्या ६ हजार ३ सय ७८ रहेको छ । तिमध्ये ३ हजार ५ सय छ जना संस्थागत आइसोलेसनमा रहेका छन् । होम आइसोलेसनमा रहनेको संख्या २ हजार ८ सय ७२ रहेको छ ।

आईसीयुमा २ सय ३६ जना र भेन्टिलेटरमा ३६ जनाको उपचार भैरहेको छ । पछिल्लो चौबीस घण्टामा चार सय ४७ जना संक्रमित निको भएका छन् । निको भएकाहरुको संख्या दुईलाख ५२ हजार ३ सय ५९ पुगेको छ । अहिलेसम्म निको हुनेको संख्या ९६ दशमलब ८ प्रतिशत रहेको छ ।

पछिल्लो चौबीस घण्टामा नौ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रममणबाट मृत्यु हुनेको संख्या एक हजार ८ सय ५६ पुगेको छ । हालसम्म १९ लाख ३२ हजार ४ सय ७७ जनाको पीसीआर परीक्षण भएको छ । तीन सय ६२ जना क्वारेन्टिनमा रहेका छन् ।

Leave A Reply

Your email address will not be published.