लुम्बिनी चिनी उद्योगका सञ्चालक मनोज अग्रवाल पक्राउ

0

काठमाडौं : लुम्बिनी चिनी उद्योगका सञ्चालक मनोज अग्रवाललाई प्रहरीले पक्राउ गरेको छ । उखु किसानको बक्यौता रकम नतिरेपछि प्रहरीले उनलाई पर्साको वीरगञ्जबाट नियन्त्रणमा लिएको हो ।

उनलाई प्रहरीको अपराध महाशाखाको टोलीले नियन्त्रणमा लिएको हो । पक्राउ परेका अग्रबालपछि थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । प्रहरीले यसअघि नै किसानको पैसा नतिर्ने चिनी मिल सञ्चालकलाई पक्राउ पुर्जी जारी गरेको थियो ।

प्रहरीले पुर्जी जारी गरेपछि अग्रवाल फरार रहेका थिए । सो उद्योगले किसानको करिव १७ करोड बक्यौता तिर्न बाँकी रहेको छ । उद्योगले स्वामित्व विवादका कारण किसानले भुक्तानी पाउन नसकेको बताउँदै आएको छ ।

केही दिनअघि उखु किसानले आन्दोलन गरेपछि सरकारले भुक्तानीका लागि पहल गरेको हो । किसानको आन्दोलनपछि सरकारले २१ दिनभित्र रकम भुक्तानी दिने लगायत चार बुँदे सहमति गरेको छ ।

Leave A Reply

Your email address will not be published.