क्रोएशियामा ६.४ म्याग्निच्युडको भूकम्प, सात जनाको मृत्यु, कैयौं घाइते

0

एजेन्सी : क्रोएशियामा गएको छ दशमलब चार म्याग्निच्युडको भूकम्प गएको छ । भुकम्पका कारण सात जनाको मृत्यु हुनुका साथै कैयौँ घाइते भएको प्रारम्भिक विवरण प्राप्त भएका छन् ।

पेट्रेनिया शहरमा १२ वर्षकी एक बालिकाको मृत्यु भएको छ । पाँच जनाको नजिकैको सहर ग्लीनामा मृत्यु भएको छ । प्रधानमन्त्री आन्द्रे प्लेनकोभीच राहत र उद्दारमा तिब्रता दिन निर्देशन दिएका छन् ।

पेट्रेनियाकान नगरप्रमुखका अनुसार सहरको करिब आधा भाग ध्वस्त भएको छ । मानिसहरूलाई भग्नावशेषबाट निकाल्ने क्रम जारी छ । एक जना महिलालाई भग्नावशेषबाट जीवितै उद्धार गरिएको छ । सो शहरमा २० हजार सर्वसाधारणको बसोबास गर्दछन् ।

छिमेकी सहर सिसाकमा पनि मानिसहरू घाइते भएका छन् । क्रोएसियाको टेलिभिजनले स्थानीय अस्पतालहरूलाई घाइतेहरूको उपचार गर्न गाह्रो भएको जनाएको छ । केही घाइतेलाई शल्यक्रियाको आवश्यकता रहेको बताइएको छ ।

भूकम्पको प्रभाव क्रोएशियाको राजधानी जाग्रेब , छिमेकी बोस्निया र सर्वियाका साथै इटलीसम्म महसुस गरिएको थियो । स्थानीय समय अनुसार ११ बजेर १९ मिनेट जाँदा भूकम्प गएको हो ।

Leave A Reply

Your email address will not be published.