प्रचण्ड-माधव समूहले आज देशभर शक्ति प्रदर्शन गर्दै

0

काठमाडौं : विभाजित नेकपाको प्रचण्ड-माधव समूहले मंगलबार देशभर शक्ति प्रदर्शन गर्दैछ । काठमाडौं उपत्यकासहित सबै जिल्लामा प्रचण्ड-माधव समूहले मंगलबार विरोध जुलुस तथा सभाको आयोजना गरेको छ ।

प्रतिनिधिभा पुनर्स्थापनाका लागि दवाब दिने र प्रधानमन्त्रीले असंवैधानिकरुपमा संसद भंग गरेको विषयमा जनतालाई सचेत गराउन प्रचण्ड-माधव समूहले आन्दोलन थालेको हो ।

काठमाडौंमा विभिन्न एघार ठाँउबाट जुलुस र त्यसपछि भृकुटीमण्डपमा सभाको आयोजना गरिएको छ । टेकु, लैनचौर, नक्साल, घण्टाघर, रत्नापार्क र बागबजार क्षेत्रबाट जुलुस निस्कने कार्यक्रम छ ।

भृकुटीमण्डपको सभालाई अध्यक्ष पुष्पकमल दाहाल, अर्का अध्यक्ष माधव नेपाल, वरिष्ठ नेता झलनाथ खनाल लगायतले सम्बोधन गर्ने कार्यक्रम छ । प्रदर्शनी मार्गको बीच सडकमा मञ्च बनाएकाले पद्मोदय मोडबाट गाडी डाइभर्सन गरिएको छ ।

प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलन गर्न प्रचण्ड-माधव समूहले दुई हजार पाँच सय एक सदस्यीय सङ्घर्ष समिति गठन गरेको छ ।

Leave A Reply

Your email address will not be published.