२१ दिनभित्र उखु किसानको बक्यौता भुक्तानी गर्ने सहमति, आन्दोलन स्थगित

0

काठमाडौं : चिनी मिलबाट पाउनुपर्ने बक्यौता रकम भुक्तानीको माग गर्दै दुई हप्तादेखि आन्दोलनरत उखु किसानले सरकारसँग चार बुँदे सम्झौतापछि आन्दोलन स्थगित गरेका छन् । सोमबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रतिनिधि र उखु किसानबीच चार बुँदे सम्झौता भएको हो ।

चिनी उद्योगीले २१ दिनभित्र सबै बक्यौता तिर्ने शर्तमा किसानले आन्दोलनका कार्यक्रम स्थगित गरेका हुन् । यस्तै, उखु किसान र चिनी उद्योगसँग सम्बन्धित एक अध्ययन समिति बनाई १ सय २० भित्र प्रतिवेदन पेस गर्ने सहमति पनि बनेको छ ।

उखु किसान र चिनी उद्योगीबीच सरकारको रोहबरमा गत वर्ष पुस १८ गते ५ बुँदे सम्झौता भएको थियो । उक्त सम्झौता कार्यान्वयन नभएपछि किसानले यसवर्ष पनि आन्दोलन शुरु गरेका थिए ।

किसानहरु उखुको बक्यौता भुक्तानीको माग गर्दै १६ दिनदेखि काठमाडौंको माइतीघर मण्डलामा आन्दोलन थालेका थिए । आन्दोलनरत किसानले चिनी उद्योगले ९० करोड रुपैया किसानलाई दिन बाँकी रहेको बताएका छन् ।

सरकारले भने उद्योगहरुले ६५ करोड भुक्तानी दिइसकेको दावी गरेको छ । किसानले आन्दोलन थालेपछि केही उद्योगले भने भुक्तानी दिन शुरु गरेका छन् ।

Leave A Reply

Your email address will not be published.