नेपाली जनप्रगतिशील मोर्चा पोर्चुगलको बिस्तारित बैठक सम्पन्न

0

प्रदिप अधिकारी, पोर्तुगल,

नेपाली जनप्रगतिशील मोर्चा पोर्चुगलको बिस्तारित बैठक सम्पन्न भएको छ । डिसेम्बर २७ आईतवार बाम बुद्दिजिवी खगेश्वर केसीको प्रमूख आतिथ्यमा सम्पन्न बैठकले केन्द्रीय कार्यसमितिको बिस्तार गर्दै एक कार्यकाल थप गरेको छ ।

विश्व सर्वहारा वर्गका महान नेता क. माओको १२८औं जन्मजयन्तीको अवसरमा सम्पन्न उक्त भेलामा नेपाली जनप्रगतिशील मोर्चाका विश्वभरिका नेताहरुले शुभकामना दिएका थिए । नेपाली जनजाती सरोकार मन्च बेल्जियमका अध्यक्ष बदन योङ्गहाङ्ग, नेपाली जनप्रगतिशील मोर्चा स्पेनका संयोजक इश्वर शर्मा, जर्मनीका अध्यक्ष सेरबहादुर तुम्बापो, बेल्जियमका अध्यक्ष मेख गुरुङ्ग, अमेरिकाका संयोजक विश्व बहादुर शाह, मलेशियाका सचिव खगेन्द्र भट्टराई, साउदीका महासचिव टिकाराम ओली र युरोपका अध्यक्ष विष्णु भुजेलले कार्यक्रमको सफलताको शुभकामना ब्यक्त गरेका थिए ।

उक्त अवसरमा विशेष अतिथिको तर्फबाट मन्तब्य राख्दै जनजागरण अभियानका सचिव नरबहादुर कार्कीले वर्तमान चीनको सफलताको पछाडि क. माओको योगदानको चर्चा गर्दै अब एकिकृत जनक्रान्तिले राजनीतिक मूल्यांकन र सफलतामा मात्र रहेर पुग्दैन, राष्ट्रिय परिस्थितीले अहिले हस्तक्षेपमुखी कार्यक्रमहरु अगाडि ल्याउन आम जनसमुदायले दिएको दबावलाई भेट्ने कार्यक्रम ल्याउन पर्दछ । वैज्ञानिक समाजवादको अवधारणा हामीले आम जनसमुदाय माझ लैजानु पर्दछ । विदेशिनुको कारण नेपाली राज्यसत्ताले जनता माथि थोपरेको आर्थिक शोषणको उपज हो भन्ने कुरालाई जबर्जस्त उजागर गर्न पर्ने हुन्छ । नेपालमा किस्ताबन्दीमा दिएका धोकाधडीबाट नेपाली जनता आतंकित छन । यो अवस्थाले नेकपालाई देशको समग्र नेतृत्व लिनको लागि मार्ग प्रसस्त गरेको छ ।

भेलाको प्रमूख अतिथि बाम बुद्धिजिवी खगेश्वर केसीले नेपालमा दलाल सत्ताको विघटनले वैज्ञानिक समाजवादको अपरिहार्यतालाई पुष्टि गरेको छ । नेकपाले एकिकृत जनक्रान्ती मार्फत स्थापना गरेको क्रान्तिकारी राजनीतिक धार, वैकल्पिक राजनीतिक शक्ति, क्रान्तिकारी आन्दोलनको छापलाई स्थापना गरेको छ । यस अवस्थाले क्रान्तिकारी शक्तिमा पैदा गरेको उर्जालाई हामिले विकल्प दिन तत्काल पहल गर्नु पर्ने कुरामा जोड दिदै क. माओको योगदानको बारेमा चर्चा गरेका थिए । उक्त अवसरमा नेजप्रमो मलेसिया सेलाङ्ग क्षेत्रीय समितीका संयोजक बुद्धिराम भुसालले ‘सिमामा लालझण्डा गाड्नु छ’ शिर्षकको कविता बाचन गरेका थिए ।

उक्त भेलामा मोर्चाका सचिव प्रकाश बस्यालले कार्यप्रगति विवरण, कोषाध्यक्ष भुवन सिंखडाले आर्थिक र उपाध्यक्ष टंक खड्काले आगामी कार्ययोजना प्रस्तुत गरेका थिए । उक्त प्रतिवेदनहरु माथि व्यापक छलफल गर्दै केही सुधारका साथ सर्वसम्मतिले पारित भएको छ । भेलाले सुनिल वस्ती र आर.के. चौधरीलाई केन्द्रीय सदस्यमा थप गरेको छ । अन्य पदाधिकारी र कार्यसमिती सदस्यहरु यथावत रहने गरी निरन्तरता दिएको छ ।

उक्त भेलाको सञ्चालन मोर्चाका महासचिव प्रदिप अधिकारीले गरेका थिए भने उपस्थित सबैलाई उपाध्यक्ष टंक खड्काले स्वागत गरेका थिए ।
नवनिर्वाचित कार्यसमितिलाई नेजप्रमो युरोपका सल्लाहकार रामबहादुर गुरुङ्गले बधाई दिएका थिए । कार्यक्रमको सभापति तथा मोर्चाका अध्यक्ष पूर्णबहादुर बिकले प्रतिबद्धता मन्तब्य दिंदै कार्यक्रमको समापन गरेका थिए

Leave A Reply

Your email address will not be published.