सोमबार थपिए ६५९ कोरोना संक्रमित

0

नेपालमा सोमबार थप ६५९ जनामा कोरोना पुष्टि भएको छ । देशका विभिन्न स्थानमा रहेको प्रयोगशालाहरुमा गरिएको परिक्षणमा २५२ जना महिला र ४०७ जना पुरुषमा संक्रमण पुष्टि भएको हो । त्यस्तै थपिएका संक्रमितमध्ये काठमाडौं उपत्यकाका २७८ जना रहेकाछन् ।

काठमाडौंमा २०७, ललितपुरमा ४९ र भक्तपुरमा २२ जनामा कोरोना संक्रमक्र पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । योसंगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ५८ हजार ८४० पुगेको छ । त्यस्तै कोरोनाका कारण थप ७ जनाको मृत्यु भएको छ । नेपालमा हालसम्म कोरानाबाट मृत्यु हुनेको संख्या १८ सय ३२ पुगेको छ । नेपालमा थप ७१८ जना कोरोनामुक्त भएका छन् भने हालसम्म २ लाख ५० हजार ५८१ जना कोरोनामुक्त भएका छन् ।

नेपालमा हाल ६ हजार ४२७ जना आइशोलेशनमा रहदा ३६९ जना क्वारेन्टाइनमा रहेकाछन् । नेपालमा हालसम्म १९ लाख १५ हजार २३२ वटा पिसिआर परिक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.