मदिरा सेवन गरी श्रीमतीको हत्या

0

प्यूठान, १७ साउन । मदिरा सेवन गरी भिगृ–८ नेवारेमा आज एक व्यक्तिले आफ्नै श्रीमतीको घरेलु हतियार प्रहार गरी हत्या गरेका छन् । घरायसी सामान्य विवादमा नेवारेका ६५ वर्षीय खगिराम रामजालीले ५६ वर्षीया श्रीमती पवी रामजालीको हत्या गरेका हुन् । प्रहरीले खगिरामलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ ।
यता, बर्दियाको गोला गाविस–२ जोधिपुरका ३६ वर्षीय गङ्गाधर चालिसेको धारिलो हतियार प्रहारबाट मृत्यु भएको छ ।
सोही ठाउँका श्याम बिसी भनिने टीकाराम बुढा क्षेत्रीले गङ्गाधरमाथि खुकुरी प्रहार गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ । आपसी लेनदेनको विवादमा गएराति टीकारामले गङ्गाधरलाई खुकुरी प्रहार गरेका थिए । खुकुरी प्रहारबाट गम्भीर घाइते भएका चालिसेलाई उपचारका लागि जिल्ला अस्पताल पु¥याएपछि मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक गोविन्दराम परियारले बताउनुभयो । खुकुरी प्रहार गर्ने टीकाराम फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले बताएको छ ।

Leave A Reply

Your email address will not be published.