सेवा सुविधा नदिएको भन्दै पठाओको कार्यालयमा तोडफोड

0

काठमाडौं : सेवा सुविधा नदिएको भन्दै पठाओ राइडरहरूले मध्य बानेश्वरस्थित कार्यालयमा तोडफोड गरेका छन् । एकसाता अघि उनीहरुले एघार बुँदे माग पेश गरेका राइडरहरुले त्यसलाई पुरा गर्न चासो नदिएको भन्दै आज नारावाजी र तोडफोड गरेका हुन् ।

राइडिङ बापतको कमिसन धेरै लिएको, सेवा सुविधा कटौती गरेको भन्दै उनीहरु आन्दोलित भएका हुन । उनीहरुले बीमा, कमिसन रकम आठ प्रतिशतमा झार्नुपर्ने लगायतका माग पनि राखेका छन् ।

पठाओले भने राइडरहरुको अनावश्यक विवाद निकालेको गुनासो गरेका छन् । कम्पनीको नीति, नियम र अनुशासनमा नबसेका केही व्यक्तिले कम्पनीलाई बदनाम गर्न खोजेको उसको भनाइ छ ।

Leave A Reply

Your email address will not be published.