सरकार र उखु किसानबीच आज वार्ता हुँदै

0

काठमाडौं : सरकार र उखु किसानबीच आज दिउँसो वार्ता हुँदैछ । सिंहदरबारमा आन्दोलनरत उखु किसान र उद्योग मन्त्रालयका पदाधिकारीविच वार्ता हुन लागेको हो । वार्ता तीन बजेपछि उद्योग मन्त्रालयमा हुने बताइएको छ ।

आफ्ना मागप्रति सरकार सकारात्मक देखिएकाले वार्तामा बस्न लागेको उखु किसानले जनाएका छन् । चिनी उद्योगबाट पाउनुपर्ने रकम उपलब्ध गराउने ग्यारेन्टी सरकारले गराएमात्रै सहमति गर्ने अडानमा उखु किसान रहेका छन् ।

उद्योग मन्त्रालयले सम्झौता भएको १५ दिनभित्र बाँकी रकम भुक्तानी हुनुपर्ने सर्त राखेको छ । भुक्तानी नदिएमा उद्योगीको सम्पति नियन्त्रणमा लिने प्रक्रिया शुरु गर्नुपर्ने उखु किसानहरुको माग छ ।

भुक्तानीको पूरा विवरण सरकार र किसानलाई दिनुपर्ने पनि माग छ । विवादित रकमको लागि भने छानविन समिति गठन गर्नुपर्ने किसानको माग छ ।

आन्दोलनरत किसानले चिनी उद्योगले ९० करोड रुपैया किसानलाई दिन बाँकी रहेको बताएका छन् । सरकारले भने उद्योगहरुले ६५ करोड भुक्तानी दिइसकेको दावी गरेको छ ।

किसानले आन्दोलन थालेपछि केही उद्योगले भने भुक्तानी दिन शुरु गरेका छन् । किसानहरु उखुको बक्यौता भुक्तानीको माग गर्दै १६ दिनदेखि काठमाण्डौको माइतीघर मण्डलामा आन्दोलन गरिरहेका छन् ।

Leave A Reply

Your email address will not be published.