नेपालमा थपिए ४८१ कोरोना संक्रमित

0

काठमाडौं : नेपालमा कोरोना भाइरसका चार सय ८१ जना संक्रमित थपिएका छन् । चौबीस घण्टामा ३ हजार ८ सय २८ जनाको नमूना परीक्षण गर्दा ४८१ संक्रमित थपिएका हुन् । थपिएका संक्रमितसँगै कुल संक्रमितको संख्या दुई लाख ५८ हजार १ सय ८१ पुगेको छ ।

उपत्यकामा २ सय आठ जना संक्रमित थपिएका छन् । तिमध्ये काठमाडौंमा १ सय ७५, ललितपुरमा २७ र भक्तपुरमा छ जनामा संक्रमण पुष्टि भएको छ ।

अहिले देशभर सक्रिय संक्रमितको संख्या छ हजार ४ सय ९३ रहेको छ । ३ हजार ४ सय १६ जना संस्थागत आइसोलेसनमा रहेका छन् । होम आइसोलेसनमा रहनेको संख्या ३ हजार ७७ जना छन् । आईसीयुमा २ सय ३५ जना र भेन्टिलेटरमा ५३ जनाको उपचार भैरहेको छ ।

पछिल्लो २४ घण्टामा सात सय ३१ जना संत्रमित निको भएका छन् । निको भएकाहरुको संख्या दुईलाख ४९ हजार ८ सय ६३ पुगेको छ । अहिलेसम्म निकोहुनेको संख्या ९६ दशमलब ८ प्रतिशत रहेको छ ।

पछिल्लो २४ घण्टामा छ जनाको मृत्यु भएको छ । नेपालमा कोरोना संक्रममणबाट एक हजार ८ सय २५ जनाको मृत्यु भएको छ । हालसम्म १९ लाख नौ हजार ६ सय ५४ जनाको पीसीआर परीक्षण भएको छ । तीन सय ६९ जना क्वारेन्टिनमा रहेका छन् ।

Leave A Reply

Your email address will not be published.