चिनियाँ प्रतिनिधिमण्डल काठमाडौं आइपुग्यो

0

काठमाडौं : चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येझाउसहितको टोली काठमाडौं आइपुगेको छ । उपमन्त्रीसहित चार सदस्यीय टोली आइतबार त्रिभुवन विमानस्थलमा अवतरण गरेका हुन् ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको विवाद उत्कर्षमा पुगेको बेला भएको चिनियाँ टोलीको भ्रमणलाई चासोका साथ हेरिएको छ । भ्रमणको कार्यतालिका समेत सार्वजनिक गरिएको छैन ।

नेकपा दुई समूहमा विभाजन भए पनि चीनले राजनीतिक रुमा चासो व्यक्त गरेको छ । सोही अनुरुप चिनियाँ राजदूत होउ यान्छीको सक्रियतासमेत बढेको छ । नेकपाको विभाजन रोक्नका लागि यसअघि चिनियाँ राजदूतले सक्रियता देखाउँदै आएकी थिइन् । उनले राष्ट्रपति विद्यादेवी भण्डारी, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल, माधवकुमार नेपाललाई भेटेर नेकपा एकताबद्ध रहेकै हेर्न चाहेको बताइसकेकी छन् । 

Leave A Reply

Your email address will not be published.