कांग्रेस बैठक आज पनि

0

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज पनि बस्दैछ । पार्टी केन्द्रीय कार्यालयमा मंगलबारदेखि सुरू भएको केन्द्रीय समिति बैठक आज पनि निरन्तर जारी रहने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

बुधबार दिउँसो १ बजेदेखि बैठक सुरू हुनेछ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार प्रतिनिधिसभा संसद विघटन गरेपछि उक्त घटनालाई लिएर सडक आन्दोलनमा जाने कि नजाने भन्ने नै कांग्रेस बैठकको मुख्य एजेन्डा हो ।

मंगलबार सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री ओलीको कदम निरंकुश र असंवैधानिक भएकोले साथ दिन नसकिने बताएका थिए ।

वरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिष्टको भर पर्न नहुने भन्दै ओलीको कदमविरूद्ध प्रतिरोध गर्नुपर्नेमा जोड दिएका छन् ।

Leave A Reply

Your email address will not be published.