ओली पक्षको केन्द्रीय समिति बैठक बालुवाटारमा शुरु

0

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली पक्षको केन्द्रीय समिति बैठक बालुवाटारमा शुरु भएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले पार्टी केन्द्रीय समितिको बैठक अध्यक्ष एवम् प्रधानमन्त्री ओलीको अध्यक्षतामा शुरु भएको जानकारी दिए ।

ओलीले बोलाएको बैठकमा ओली समूहका सहित पूर्व माओवादी निकट टोपबहादुर रायमाझीसहितका केही नेतापनि सहभागी रहेको बताइएको छ । बैठकमा गृहमन्त्री रामबहादुर थापा भने सहभागी भएका छैनन् ।

अर्का अध्यक्ष पुष्पकमल दाहाल र माधव नेपाल समूहले पनि दिउँसो १ बजे बबरमहलमा रहेको कार्की ब्यांक्‍वेटमा बैठक बोलाएको छ । दुवै पक्षको केन्द्रीय कमिटी बैठकले एकले अर्को पक्षलाई कारबाहीको तयारी गरेको छ । 

Leave A Reply

Your email address will not be published.