कांग्रेस चुनावमा जान तयार : नेता साउद

0

काठमाडौं : नेपाली कांग्रेसका केन्द्रीय सदस्य एनपी साउदले आफ्नो दल चुनावमा जान तयार भएको बताएका छन् । रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा बोल्दै उनले कांग्रेस लोकतान्त्रिक दल भएकाले घोषित चुनाव देखि नभाग्ने स्पष्ट पारे ।

‘कांग्रेस चुनावबाट भाग्दैन सामना गर्छ,’ नेता साउदले भने, ‘चुनाव स्वतन्त्र, धाँधलीरहित र निष्पक्ष गर्ने वातावरण बनाउनुपर्छ ।’ उनले चुनाव सुनिश्चित गर्ने कार्य सबैले गर्नुपर्ने बताए । यद्यपि, प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्न चालेका कदमहरुलाई असंवैधानिक भने । ओलीको कदमले देशलाई अनिश्चिततातर्फ धकेलेको बताए ।

नेकपालाई जनताले बहुमत दिदादिदै जनतामाथि धोका भएको बताए । उनले भने,‘जनतामाथ नेकपाको अन्र्तद्वन्द्वको कारण धोकाधडी गर्ने काम भएको छ ।

Leave A Reply

Your email address will not be published.