संसद् विघटन संविधानमाथिको आक्रमण भएको तीन दलको निष्कर्ष

0

काठमाडौं : नेपाली कांग्रेसको आह्वानमा बसेको सर्वदलीय बैठकले संसद विघटन संविधानमाथिको आक्रमण भएको निष्कर्ष निकालेको छ । कांग्रेसको पार्टी कार्यालय सानेपामा सोमबार बसेको बैठकले संसद विघटन संविधान विपरित भएको भन्दै संविधान माथिको आक्रमण भएको निष्कर्ष निकालेको हो ।

संसद विघटनको निर्णय विरुद्ध तीन वटै पार्टीले एकतावद्ध भएर अगाडी बढ्ने समझदारी बैठकमा भएको छ । मंगलबार तीनवटै दलले केन्द्रीय कमिटी बैठक बोलाएका छन । त्यसपछि पुनः बैठक बसी आगामी कार्यक्रम घोषणा गर्ने समझदारी बैठकमा भएको छ ।

संसद् विघटन विरुद्ध प्रतिनिधिसभामा बहुमत सांसदहरुको हस्ताक्षरसहित प्रमुख दलले मंगलबार अदालत जाने तयारी पनि गरेका छन । नेपाली कांग्रेसका अध्यक्ष शेरबहादुर देउवा, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधव नेपाल मंगलबार सर्वोच्च अदालत जान लागेका हुन् । प्रतिनिधिसभामा २ रहेका ७५ जना सांसद मध्ये एक सय ३८ जना सांसदको हस्ताक्षरसहित अदालत जाने भएका हुन् ।

Leave A Reply

Your email address will not be published.