शान्त स्वभावका रामवरणले भने ‘राष्ट्रपतिले मर्यादा कायम गर्नु भएन’

0

पूर्वराष्ट्रपति डा. रामवरण यादवले संसद भंग असंवैधानिक कदम भएको बताएका छन् । सोमबार त्रिभुवन विश्वविद्यालयको ४६औं दीक्षान्त समारोहमा बोल्दै उनले अहिले राष्ट्रपतिको संस्थामाथि चोट पुगेको बताए ।

प्रधानन्त्री र राष्ट्रपतिले चालेको कदम संवैधानिक, राजनीतिक र नैतिक रुपमा नमिलेको भन्दै उनले यसबाट आफू दुःखी र मर्माहत बनेको बताए । उनले भने, ‘मलाई हिजोको घटनाले मर्माहत र दुःखी बनाएको छ ।’

संविधानको मर्म भावनाविपरीत गरिएको कार्यले राष्ट्रपति संस्थामाथि नै देशवासीले प्रश्न उठाएको उनको भनाइ छ । ‘प्रधानमन्त्री, राष्ट्रपति जस्तो संस्थामाथि म कहिल्यै बोल्न गरेको छैन, हिजोको घटनाले मर्माहत भएको छु, अब बोल्छु,’ यादवले भने, ‘राष्ट्रपतिले गरिमा र मर्यादा कायम गर्न सक्नुभएन ।’

राष्ट्रपतिले विर्सेको दायित्वमा सर्वोच्च अदालतले ध्यान पुर्याउने विश्वास गर्दै उनले भने, ‘यसमा सम्मानित सर्वोच्च अदालतको ध्यान पुगोस, पुग्नै पर्छ ।’

Leave A Reply

Your email address will not be published.