मानव अधिकारवादीहरु सिंहदरबार बाहिरबाट पक्राउ

0

संसद बिघटनको विरोधमा सिंहदरबारबाहिर प्रदर्शन गर्न गएका अधिकारकर्मीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

असंबैधानिक, स्वेच्छाचारी एवं अलोकतान्त्रिक तवरमा प्रतिनीधि सभा गरिएको भन्दै मानव अधिकार तथा शान्ति समाजले सिंहदरबार दक्षिण ढोका अगाडि प्रदर्शन गर्न खोज्दा प्रहरीले नियन्त्रणमा लिएको हो ।

प्रदर्शनका क्रममा समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति उत्तम पुडासैनी, संस्थापक सदस्य कृष्ण कँडेल, पुर्व महासचिव कुमारराज सुवेदी, सचिव बलबहादुर गाहा मगर लगाएत १६ जनालाइ प्रहरीले पक्राउ गरेको समाजले जनाएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको र राष्ट्रपति बिद्यादेवी भण्डारीको मिलेमतोका कारण प्रतिनीधि सभा बिघटन हुनु निन्दनीय भएको समाजले जनाएको छ । त्यस्तै प्रतिनीधि सभा बिघटन असंबैधानिक, स्वेच्छाचारी एवं अलोकतान्त्रिक भएको मानव अधिकार तथा शान्ति समाजको ठहर छ । बिरोध प्रदर्शनमा संसद बिघटन ः लोकतन्त्रको सबैभन्दा ठुलो उपहास, कुशासनमा लिप्त ओली सरकारःप्रतिगमनको सबैभन्दा ठुलो मतियार लेखिएका प्लेकार्ड प्रदर्शन गरिएको थियो ।

Leave A Reply

Your email address will not be published.