प्रधानमन्त्री ओलीद्वारा संसद विघटन गर्न सिफारिस

0

काठमाडौं : सरकारले प्रतिनिधिसभा विघटन गर्न राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष सिफारिस गरेको छ । आज आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले प्रतिनिधिसभा विघटन गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्र विवाद चुलिएपछि ओलीले संसद विघटन गर्न राष्ट्रपतिसमक्ष सिफारिश गर्ने प्रस्ताव मन्त्रीपरिषदवाट गराएका हुन् ।

वर्तमान संविधानले भने प्रधानमन्त्रीलाई संसद विघटन गर्ने अधिकार नदिएको संविधानविदको भनाइ छ । प्रतिनिधिसभाले सरकार गठन गर्ने अवस्था रहँदासम्म प्रधानमन्त्रीले संसद विघटन र मध्यावधी निर्वाचन घोषणा गर्न नसक्ने संविधानविदहरुको भनाइ छ ।

प्रधानमन्त्री भएका व्यक्तिले पनि विश्वासको मत प्राप्त गर्न नसकेको अवस्थामा भने प्रतिनिधिसभा विघटन गर्न सकिने व्यवस्था संविधानमा छ ।

Leave A Reply

Your email address will not be published.