सरकारविरुद्ध कांग्रेसको प्रदर्शन, देशैभर निकालियो र्‍याली

0

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज (सोमबार) देशभर सरकारविरुद्ध प्रदर्शन गरेको छ । विरोध प्रदर्शनका लागि कांग्रेस कार्यकर्ताले देशैभर र्‍याली निकालेका छन् ।

काठमाडौं उपत्यकामा पनि विभिन्न ठाउँबाट र्‍याली निकालिएको छ । सरकार भ्रष्ट्राचार, कुशासन र अधिनायकवादतर्फ उन्मुख भएको भन्दै कांग्रेसले देशव्यापी विरोध प्रदर्शन आयोजना गरेको हो ।

कांग्रेसका शीर्ष नेताहरु विरोध प्रदर्शनका लागि देशका विभिन्न जिल्लामा पुगेका छन् । सभापति शेरबहादुर देउवा मकवानपुर पुगेका छन् भने वरिष्ठ नेता रामचन्द्र पौडेल काठमाडौंको शान्तिबाटिकामा सम्बोधन गर्दै छन् ।

उपसभापति विमलेन्द्र निधि भक्तपुर, महामन्त्री डा. शशांक कोइराला मोरङ, सहमहामन्त्री डा. प्रकाशशरण महत झापा, सहमहामन्त्री सुनिलबहादुर थापाले धनकुटामा सम्बोधन गर्दै छन् । अर्का महामन्त्री पूर्णबहादुर खड्का भने केन्द्रीय कार्यालय सानेपामा बसेर देशभरका कार्यक्रमको जानकारी लिने र समन्वय गर्ने भूमिकामा छन् ।

यस्तै पूर्व महामन्त्री प्रकाशमान सिंह धनुषा, पूर्व सहमहामन्त्री अजुर्ननरसिंह केसी कास्की, केन्द्रीय सदस्य डा. रामशरण महत चितवन, पूर्व कोषाध्यक्ष चित्रलेखा यादव सप्तरी, युवा नेता गगन थापा कैलाली पुगेका छन् ।

Leave A Reply

Your email address will not be published.