पछिल्लो २४ घण्टामा थपिए १ हजार ५६ कोरोना संक्रमित, थप १४ जनाको मृत्यु

0

काठमाडौं : नेपालमा बुधबार थप १ हजार ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशका विभिन्न स्थानमा ६ हजार २८६ जनामा गरिएको परीक्षणका क्रममा काठमाडौं उपत्यकामा थप ५०७ सहित देशभर थप १ हजार ५६ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको हो ।

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ४४ हजार ४३३ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप १४ जनाको ज्यान गएको छ भने हालसम्म १ हजार ६५१ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

नेपालमा थप १ हजार ४८३ जना कोरोनमुक्त भएका छन् भने हालसम्म २ लाख ३० हजार ५३७ जना कोरोनामुक्त भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । नेपालमा हाल १२ हजार २४५ जना आइशोलेशनमा छन् भने ५२५ जना क्वारेन्टाइनमा छन् ।

Leave A Reply

Your email address will not be published.