कांग्रेसको महाधिवेशन फेरि स-यो

0

काठमाडौं, १६ साउन । नेपाली कांग्रेसको महाधिवेशन तेस्रो पटक सरेको छ । यसपटक क्षेत्र र जिल्लाको अधिवेशन मिति सरेको हो । शनिबार बिहान सम्पन्न केन्द्रीय समितिको आकस्मिक बैठकले जिल्ला र क्षेत्रको अधिवेशन मिति सारेको हो । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले स्थानीय तहको अधिवेशन १७ दिनपछि सार्ने निणर्य गरेको हो ।
यसअघि भदौ १ गतेका लागि गाउँ तथा नगर अधिवेशन गर्नेगरी मिति संशोधन गरिएको थियो । तर शनिबार बसेको उक्त बैठकले त्यो मिति परिवर्तन गरी भदौ १७ गते पु¥याएको छ । २२ गते क्षेत्रीय अधिवेशन र २५ गते जिल्ला अधिवेशनको मिति तय गरिएको छ । तर असोज २ गतेदेखि हुने भनिएको महाधिवेशनको मिति सार्ने निणय भने भएको छैन । २५ गते जिल्ला अधिवेशन सकेर पाँच दिनपछि केन्द्रीय महाधिवेशन सम्भव नै नहुने नेताहरू बताउँछन् ।

Leave A Reply

Your email address will not be published.