भेनेजुयलामा मदुरो थप शक्तिशाली बन्दै

0

भेनेजुयलामा आइतबार सम्पन्न निर्वाचनमा अमेरिकाको समर्थन रहेका हुवान हुआइदोको प्रतिपक्षी दलले निर्वाचनमा बहिस्कार गरेपछि राष्ट्रपति निकोलस मदुरोलाई वैधानिक रूपमा थप बलियो बनाएको छ ।

व्यवस्थापिका संसदको २२७ सीट रहेको ‘नेशनल एसेम्ली’ मा यस पहिलेको निर्वाचनबाट राष्ट्रपति मदुरो कमजोर अवस्थामा रहेपनि विपक्षी दलले बहिस्कार गरेको यो निर्वाचनबाट भने मदुरोलाई वैधानिक बल मिल्नसक्ने देखिएको छ ।

राजधानी काराकासस्थित सेनाको मुख्य व्यारेकमा रहेको मतदान केन्द्रमा मतदान गरेपछि प्रतिक्रिया दिँदै राष्ट्रपति मदुरोले भने, “निर्वाचनले वैदेशिक नाकावन्दी, क्रुरता, दुःख र कष्ट व्यहोरिरहेको भेनेजुयलालाई वैधानिकरूपमा अघि बढ्न बाटो खुलेको छ । यो निर्वाचनबाट संसदमा प्रतिपक्षको प्रभुत्व अन्त्य हुनेछ ।”

प्रमुख प्रतिपक्षीको बहिस्कार रहेकोले मतदानमा दिनभरको सहभागिता न्यून रहेको र कतिपय मतदान केन्द्र खाली रहेको निर्वाचन पर्यवेक्षण समूहहरूले जनाएका छन् । अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले निर्वाचनलाई नेता मदुरोद्वारा गरेको ‘ठगी र ठट्टा’ को सज्ञा दिएका छन् ।

प्रतिपक्षी दलका नेता हुआइदोले अमेरिकी सहयोगमा राष्ट्रपति मदुरोमाथि आर्थिक नाकाबन्दी तथा तेल व्यापारमा प्रतिबन्ध लगाई मदुरोलाई सत्ताबाट हट्न सन् २०१९ को अप्रिलपछि दवाव दिँदै आएका थिए ।अमेरिकी विदेशमन्त्री पोम्पेओले आफ्नो टेवीट्र पेजमा लेखका छन्, “मदुरोको अवैधानिक सत्ताले घोषणा गरेको मतदान र नतिजाले भेनेजुयलाका नागरिकको प्रतिनिधित्व गर्न सक्दैन ।”
‘अर्गनाइजेसन अफ अमेरिकन स्टेट्स’ ले पनि प्रमुख विपक्षी नै सहभागी नगराइएको मतदानलाई मान्यता नदिने बताएको छ । खासगरी अमेरिकी ट्रम्प प्रशासनका कट्टर आलोचक मानिने राष्ट्रपति मदुरोले निर्वाचनपछि राष्ट्रलाई एकताका साथ अमेरिकी राष्ट्रपति निर्वाचित जो बायडेनको दललाई सबै प्रतिबन्ध हटाउन दवाव दिन प्रतिपक्षी दल र नेताहरूलाई आग्रह गरे ।

Leave A Reply

Your email address will not be published.