पौडेल पक्राउको विरोधमा कांग्रेसले मंसिर २९ गते देशभर प्रर्दशन गर्ने

0

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारविरुद्ध देशैभर प्रर्दशन गर्ने भएको छ ।
आज बसेको पदाधिकारी तथा पूर्वपदाधिकारीहरुको बैठकले सरकारविरुद्ध मंसिर २९ गते ७७ वटै जिल्लामा विरोधसभा गर्ने निर्णय गरेको हो ।

हिजो गृहजिल्ला तनहुँमा बोल्दीखोलाको पुल उद्घाटन गर्न पुगेका वरिष्ठ नेता रामचन्द्र पौडेललाई सुरक्षाकर्मीले पक्राउ गरी तीन घण्टा नियन्त्रणमा लिएको थियो । घटना लगत्तै आक्रोशित भएर सडकमा उत्रेको कांग्रेसले त्यसलाई मुद्दा बनाएर योजनाबद्ध रुपमा सडकमा आउने निर्णय गरेको नेता गोपालमान श्रेष्ठले जानकारी दिए । सरकारको दमन, स्वेच्छाचारी गतिविधिविरुद्ध कांग्रेसले ७७ वटै जिल्लामा विरोधसभा गर्ने निर्णय गरेको छ । विरोधसभालाई शीर्ष नेताहरुले जिल्ला जिल्ला पुगेर सम्बोधन गर्ने उनले बताए ।

विपक्षी कांग्रेसले नेकपा अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार भ्रष्टाचारमा लिप्त भएको, कोरोना महामारीलाई व्यवस्था गर्न नसकेको ठहर पनि गरेको छ । सभपाति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बसेको बैठकले संसदको हिउँदे अधिवेशन तत्काल बोलाउन माग गर्ने निर्णय पनि गरेको छ ।

Leave A Reply

Your email address will not be published.