निर्णय सच्याउन, छलफल र सहमतिमा भाबी कार्यक्रम गर्न माग गर्दै एनआरएनएका ४८ पदाधिकारीहरुले लेखे सामुहिक पत्र

गैर आबासीय संघ भित्रको अन्तर संघर्षले बिराम लिने र संगठनले प्रकृयागत गति लिने आश गर्नेहरुलाई निराश बनाउने प्रकृया जारी छ । संघका ४८ जना पदाधिकारीहरुले अध्यक्ष कुमार पन्तलाई सामुहिक पत्र लेख्दै प्रकृयागत नभएका निर्णय सच्याउन र आगामी कार्यक्रमहरु पारदर्शी बनाउन गर्न माग गर्दै सामुहिक पत्र लेखेका छन ।
दुई हप्ता अघि भएको आईसिसीको बैठकमा प्रस्तुत भएका एजेन्डाहरुमा एक पक्षले सहमति नजुटेको र बहस छलफल गरेर अगाडि बढ्नु पर्ने निर्णय भएको बताएको थियो भने संस्थापन पक्षले बिशेष महाधिबेशन लगायतका एजेन्डामा निर्णय भएको जानकारी गराएको थियो ।
गत आईतवार भएको एनआरएनए बेल्जियमको साधारण सभामा अथितिको रुपमा बोलाइएका पदाधिकारीहरुले पनि सर्ब साधारणले पचाउन गाह्रो हुने गरी यिनै बिषयमा आरोप प्रत्यारोप सहित् आफ्नो पक्ष राख्ने प्रयास गरेका थिए ।
गत बर्ष हायातमा भएको चुनाबी भद्रगोल र त्यस पछि नेत्रित्वले सबैलाई सहमतिमा लिन प्रयाप्त प्रयास नगरेकोले संस्था भित्र नयाँ नयाँ समस्या थपिदै जान थालेका छन । त्यस बेला पास् हुन नसकेका आर्थिक प्रतिबेदन , बिधान लगायत अन्य बिषयहरुमा ब्यापक सहभागिता र सहमतिको बातावरण बनाउनु पर्नेमा एक पक्षिय निर्णय गर्दै संस्थापन अगाडि बढेको अर्को समुहले बताउदै आएको छ भने संस्थापनले भने बिरोधको लागि बिरोध गरेको भन्ने गरेको छ ।
संगठनको जीबनमा गहिरो असर गर्ने बिषयलाई फराकिलो दाँयारामा लैजाउ भन्ने माग गरेको उपाध्यक्ष लगायतको समुहले अध्यक्ष कुमार पन्तलाई सामुहिक पत्र लेखेर संघको पचहत्तरौ बैठकमा भएको भनेर सार्वजनिक भएका बिषयमा असहमती प्रकट गरेका छन ।
पत्रमा बिशेष महाधिबेशनमा नयाँ प्रतिनिधि बनाएर सहभागि गराउने , भर्चुअल माध्यमबाट बिशेस महधिबेशन गर्दा त्यसको प्रभाबकारीता, आईएलओले गरेको दश करोड सहयोगको परिचालनको बिषयमा संस्थाका सहकोषाधक्ष लगायतलाई थाहा नभएको , संघका अध्यक्षलेनै सार्वजनिक कार्यक्रममा संघका महधिबेशनका प्रतिनिधिलाई ‘भेडाबाख्रा’ भनेर एनआरएनको अपमान गरेको, अध्यक्षकै बसोबास भएको देश जर्मनीमा किर्ते सदस्यता बनाई पद बाडफाड गरिएको तर सदस्यतi दस्तुर संस्थालाई नबुझाएको बिषयमा केन्द्रमा परेको उजुरी आदि बिषयमा कार्यसमिती भित्र छलफल गर्न र सहमति अनुसार संस्थाको प्रकृया अगाडि बढाउन माग गरिएको छ ।
४८ जना पदाधिकारीहरुको सामुहिक पत्र
श्रीमान अध्यक्षज्यू,
गैर आवासीय नेपाली संघ अन्तराष्ट्रीय समन्वय परिषद
बिषय – ७५ औं आइसीसी बैठकको निचोडमा असहमति ।
गैर आवासीय नेपाली संघको नवौं महाधिवेशनबाट निर्वाचित नयाँ नेतृत्वले चुनावको विभाजनलाई मेट्दै प्रजातान्त्रिक ढंगलेपारदर्शीरुपमा संस्थालाई अगाडी बढाउने छ भन्ने हामीले आशा गरेका थियौं तर केन्द्रिय सचिवालयमा पूर्वाग्रहपूर्णरुपमा एकपक्षीयनिर्णयहरु गर्नुका साथै संघको खम्बाका रुपमा रहेका प्रजातान्त्रिक तरिकाले निर्वाचित आईसीसी सदस्यहरुको मानमर्दन गर्न शुरु गरियो। यस्तो अभियानका विरुद्ध हामीले बेलैमा खबरदारी गरेका हौँ, तर त्यसको सुनुवाइ भएन। त्यसै प्रवृत्तिको निरन्तरताको रुपमा गत २२नोभेम्वर २०२० मा सम्पन्न आइसीसी बैठकमा उठेका विषय उचित उत्तर, छलफल र निचोडमा नपुग्दै संस्थाको सर्वस्वीकार पद्धतिकाखिलाफ एकतर्फी बैठक समाप्त गरिएकोमा असहमति सहित निम्न बुंदामा प्रष्ट भएर मात्र आवश्यक काम कारबाही रप्रक्रिया अगाडी बढाउन अनुरोध गर्दछौ ।
१ – विशेष अधिवेशन सम्वन्धी विधानले गरेको ब्यवस्था अनुसार छलफलमा विधानको दफा १५ पूर्ण रुपमा आकर्षित हुने र त्यो दफाअनुसार प्रक्रिया नपुगेको देखिएकाले र बैठकमा विशेष महाधिवेशनका लागि प्रतिनिधि को हुने भन्ने बारेमा दफा १५ ले प्रतिनिधिकोहकका लागि दफा १३.७ अनुसार हुने प्रष्ट ब्यवस्था हुंदाहुंदै यस्को लागि ब्याख्या समितिले भने अनुसार गर्ने भनिएकोले यो गैर आवासीयनेपाली संघको विधानको प्रतिकूल देखिएकोले बैठकको निचोडप्रति हाम्रो पूर्ण असहमति रहेको छ।
२ – गैर आवासीय नेपाली संघ जर्मनीका पूर्व सल्लाहकार शिखर खड्काले आइसीसीलाई निवेदन लेख्दै गैर आवासीय नेपाली संघजर्मनीमा भएको पन्जिकृत सदस्यताको अस्पस्टता र प्रतिनिधिहरुको छनोट प्रकरणको छानविनका लागि माग गरेको विभिन्न संचारमाध्यमबाट सार्वजनिक भएको अवस्थामा र गैर आवासीय नेपाली संघ जर्मनी भित्र देखिएको आसंकाका बारेमा आईसीसीमा आएकोनिवेदनले गैर आवासीय नेपाली संघको छवि माथि नै गम्भीर प्रश्न उठेको छ। यसले हामीले नेतृत्व गरेको सिंगो समिति को वैधतामाथि पनि चुनौति दिएको छ।यस्तो गम्भीर विषयकोबारेमा आईसीसीलाई जानकारी गराई छानबिन प्रक्रिया शुरु गर्ने प्रक्रिया अगाडि बढाउन माग गर्दछौं ।
३ – आईएलओले गरेको आर्थिक सहयोगका बारेमा संस्थाका सहकोषाध्यक्षलाई नै थाहा नभएको उहाँकै भनाई सुन्दा हामी अचम्भितभएका छौं । यो निश्चय पनि संस्थाको गरिमा र हित अनुकूल नभएको हामीले महसुस गरेका छौं । आईएलओबाट आएको सहयोगसंस्थाको कुन बैंक खातामा जम्मा गरिएको छ ? वितरण प्रणाली के कस्तो बिधि प्रक्रियाबाट गरिदै छ ? त्यसको जानकारी सहितसंस्थागत जिम्मेवारी अनुसार काम गर्न पाउने अधिकार र पद्धति विकास गर्नका लागि हामी जोडदार माग गर्दछौं । त्यस्तै आईएलओलेप्रदान गरेको रकमलाई आईएलओले सहयोग गरेको नभन्ने भनेर बैठक मा राखिएका कुराहरु प्रति हाम्रो गम्भीर ध्यानआकर्षणभएको छ । यसबारे आगामी दिनमा आईएलओले प्रश्न गर्न सक्ने छ। वितरण प्रक्रिया पारादर्शिक भएन भने जवाफ देहि र उत्तरदायीत्वकस्को हो? प्रष्ट पारी दिनहुन सम्बन्धित पक्षलाई हार्दिकताका साथ अपिल गर्दछौ ।
४ – संस्थाको विशेष अधिवेशन संस्थाको हितमा अति आवश्यक हुने अवस्थामा मात्र बोलाइने कुरा सवैमा जाहेर नै छ । यस्तोसंवेदनशील कुरामा विधानले गरेको ब्यवस्थालाई बेवास्ता गर्दै विशेष अधिवेशनको मितिदेखि छलफलका विषयबारे आवश्यक प्रक्रियापूरा गरि छलफलका आधारमा मात्र अगाडि बढाउन हामी माग गर्दछौं । संस्थाको विशेष अधिवेशनबाट आगामी दिनमा हुने दीर्घकालीनपरिवर्तन संस्थाको हितमा हुनु आवश्यक छ । विधि विधान र प्रक्रियामा हेरफेर नगरी मौजुदा नियम अनुसार प्रक्रिया अगाडी बढाउन हामीजोडदार माग गर्दछौं ।
५ – गैर आवासीय नेपाली संघको विभिन्न समितीबाट राजिनामा दिने र पद अस्वीकार गर्ने जस्ता घटनाले संघको छवि धमिलाउनुका साथैनेतृत्वमाथी नै ठूलो प्रश्नचिन्ह उत्पन्न गरेको छ। आजसम्म के कति जनाले राजीनामा र पदलाई अस्वीकार गर्नु भयो,के कारण देखाएर गर्नुभयो सम्मानित कार्यसमितीलाई यसको कारण सहित स्पष्ट पार्न अनुरोध गर्दछौं।
६. एनआरएनए बेल्जियमको वार्षिक साधारणसभालाई सम्बोधन गर्दै अध्यक्ष ज्युले संघको विश्व सम्मेलनमा छानिएकाडेलीगेट्सहरुलाई ‘भेडाबाख्रा’ को संज्ञा दिनु भएको अभिव्यक्तिले हामी सम्पुर्ण डेलिगेटसहरुको आत्मसम्मानमा चोट पुगेको छ ।अध्यक्षज्युबाट नै आफुलाई निर्वाचित गर्नेहरु प्रती प्रयोग गरिएका यस्ता भनाई प्रति हाम्रो आपत्ति रहेकोछ।
७. संघको ७५ औं बैठकमा अध्यक्षले आगामी २३ देखि २४ जनवरी २०२१ मा विशेष महाधिवेशन गर्न प्रस्ताव राख्नु भएको, तर त्यसबारेछलफल हुँदै गरेको अवस्थामा निचोड नपुगी उहाँ आफै बैठक छाडी बहिरिनु भएको थियो। तर अहिले जनवरी २३-२४ मा विशेषमहाधिवेशन गर्ने निर्णय भएको भनेर अध्यक्षले दिनु भएको अभिव्यक्तिप्रति हामी आपत्ति व्यक्त गर्दछौं। हाल भर्चुअल माध्यमबाट झन्डै२,६०० सहभागीहरुलाई सम्मिलित गरी विशेष महाधिवेशन गर्न प्राविधिकरुपमा समेत सम्भव नहुने र कोभिड-१९ विरुद्धको खोप विभिन्नमुलुकहरुमा आइसकेको सन्दर्भमा संघको विधान संशोधन जस्तो महत्वपूर्ण विषयमा छलफल गर्न निकट भविष्यमा स्वास्थ्य तथासुरक्षाका मापदण्डहरु पालना गरी प्रत्यक्ष विशेष महाधिवेशन आयोजना गर्न पनि हामी माग गर्दछौं।
१. रविना थापा( उपाध्यक्ष) अमेरिका
२. मन के सी (उपाध्यक्ष)अस्ट्रेलिया
३.भोमा देबी लिम्बू (महिला संयोजक) अस्ट्रेलिया
४.हिमाल गुरुङ (युवा संयोजक) नेदर्ल्यान्ड्स
५.रोशन थापा (अफ्रिका संयोजक) गाम्बिया
६.नारायण आचार्य ( युरोप संयोजक) नेदरल्यान्ड
७.प्रवीन गुरुङ ( मध्यपूर्व संयोजक) कतार
८.खगेन्द्र न्यौपाने (मध्यपूर्व उपसंयोजक) मलेसिया
९.पारसमणि पोख्रेल (एसिया उपसंयोजक) जापान
१०.शुक्रराज न्यौपाने (युरोप उपसंयोजक) आएरल्याण्ड
११.मनोज कुमार श्रेष्ठ (मध्यपूर्व उपसंयोजक)यु ए ई
१२.नवीन कँडेल (उपसंयोजक ओसियानिया) अस्ट्रेलिया
१३.मनकला विष्ट थापा (क्षत्रिय महिला संयोजक अफ्रिका)
१४.योगिता कुमारी थापा (क्षत्रिय महिला संयोजक युरोप) बेल्जियम
१५.सुमित्रा देबी पौडेल (क्षत्रिय महिला संयोजक मध्यपूर्व) कुवेत
१६.विमला सापकोटा(अमेरिकास युवा संयोजक) क्यानडा
१७.दीपक प्रसाद कँडेल ( एसिया युवा संयोजक) जापान ICC सदस्यहरू:
१९.छवि प्रसाद सापकोटा (अस्ट्रेलिया)
२०. अरुण कुमार ठाकुर (अस्ट्रेलिया)
२१. दीपक शर्मा (अस्ट्रेलिया )
२२.दुर्गा आचार्य (अस्ट्रेलिया)
२३.राजु अधिकारी (अस्ट्रेलिया)
२४.सन्तोष कुँवर (अस्ट्रेलिया)
२५. सुबास जोशी ( बेल्जियम)
२६. कमल पन्थी (बेल्जियम )
२७. रमेश काफ्ले (डेनमार्क)
२८. विजय मोक्तान (जर्मनी)
२९. विनोद कार्की (आएरल्याण्ड)
३०. डण्डापानी कँडेल (जापान )
३१. नारायण सुवेदी (जापान )
३२. बालकृष्ण सापकोटा (लक्जेम्बर्ग)
३३.ठाकुर प्रसाद शर्मा (नेदर्ल्यान्ड्स )
३४. राजु अर्याल (नर्वे )
३५. डा. बोध राज सुवेदी (पोल्याण्ड )
३६. नारायणकाजी मगर (पोर्चुगल )
३७. रविन अधिकारी ( पोर्चुगल)
३८. चिन्तामणी सापकोटा (स्पेन )
४९. अर्जुन कुमार श्रेष्ठ (स्वीडेन)
४०. गुणराज शर्मा (स्वीजरल्याण्ड)
४१. नवीन पौडेल (यु ए ई )
४२. राजु के सी ( यु ए ई )
४३. दयानिधि सापकोटा ( बेलायत )
४४. शंकर खड्का ( अमेरिका)
४५. शिव राज पौडेल ( अमेरिका)
४६. तृष्ना शर्मा काफ्ले ( अमेरिका)
४७. लक्ष्मी कुमारी गुरुङ ( साउथ कोरिया)
४८. ददिवाल खड्का ( जापान)