काठमाडाैंमा जुलुश गर्न नपाइने

0

 जिल्ला प्रशासन कार्यालय काठमाडौंले काठमाडौं सभा तथा जुलुस गरे संक्रामक रोग ऐन अन्तर्गत कारबाही गरिने चेतावनी दिएको छ । 

सोमबार राजावादीहरुले कोरोना कहरका बीच काठमाडौंमा जुलुस प्रदर्शन गरेपछि जिल्ला प्रशासनले संक्रमणको स्थितिलाई भयावह बनाउने क्रियाकलाप नगर्न आग्रह गर्दै गरेमा कारवाही गर्ने चेतावनी दिएको हो । 

प्रशासनले काठमाडौंमा कोरोनाको महामारी बढेको र त्यस्ता गतिविधिले महामारी फैलाउन सहयोग पुग्ने जनाएको छ । प्रशासन कार्यालयद्वारा जारी विज्ञप्तिमा भीडभाडजन्य गतिविधि सभा, जुलुस, प्रदर्शन र अभियान सञ्चालन स्थानीय प्रशासन ऐन–२०२८, र संक्रामक रोग ऐन २०२० विपरीत हुने जनाएको छ । 

प्रशासनको अनुरोधविपरीत सभा, सम्मेलन, जुलुस गरी भीडभाड बढाएमा स्थानीय प्रशासन ऐन, २०२८ र संक्रामक रोग ऐन २०२० बमोजिम कारबाही गरिने पनि विज्ञप्तिमा उल्लेख छ ।

Leave A Reply

Your email address will not be published.