इथियोपियाली शरणार्थीलाई सहयोग गर्न सुडानलाई १५ करोड डलर आवश्यक : राष्ट्रसंघ

0

इथियोपियाली शरणार्थीलाई सहयोग गर्न सुडानलाई १५ करोड डलर आवश्यक रहेको राष्ट्रसंघले जनाएको छ ।

इथियोपियामा नोभेम्बर ४ देखि सुरु भएको द्वन्द्वका कारण तीन हप्तामा कम्तीमा ४३ हजार शरणार्थी सुडान पुगेका छन् ।

इथियोपियाको टाइग्रेमा लगातार झडप हुँदै आएको र झडपका कारण हजारौँ इथियोपियाली नागरिक सुडान प्रवेश गरेका हुन् ।

इथियोपियाको द्वन्द्वग्रस्त टाइग्रेबाट सुडान आएका शरणार्थीको व्यवस्थापनका लागि १५ करोड अमेरिकी डलर आवश्यक परेको राष्ट्रसंघका शरणार्थी मामिला प्रमुख फिलिपो ग्रान्डीले बताए ।

राष्ट्र संघका शरणार्थी मामिला उच्च आयुक्त ग्रान्डीेले इथियोपिया–सुडान सीमा क्षेत्रबाट कम्तीमा ८० किलोमिटर टाढा रहेको शिविरमा शरणार्थीको भीड लाग्दा उनीहरूलाई खाद्यान्न र कपडालगायतका अति आवश्यक सामग्रीको व्यवस्थापनका लागि रकम आवश्यक परेको उल्लेख गरेका छन् ।

Leave A Reply

Your email address will not be published.